दक्षिण कोरियामा बन्दी बनाइएका उत्तर कोरियालीको निवेदन राष्ट्रसंघद्वारा खारेज

कोरिया समाचार

सोल

संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले सन् २०१६ मा दक्षिण कोरियामा बन्दी बनाइएका उत्तर कोरियाली नागरिकहरुको पक्षमा निर्णय गर्न परेको रिट खारेज गरेको छ ।

ती उत्तर कोरियाली नागरिकहरुलाई आफ्नो इच्छा विपरित दक्षिण कोरियाले बन्धक बनाएको भन्दै कानुन व्यवसायीले उनीहरुलाई मुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए ।

अधिकारीहरुका अनुसार सन् २०१६ मा १३ जना उत्तर कोरियाली नागरिकहरुलाई चीनबाट दक्षिण कोरिया ल्याइएको दावी गरिएको छ ।

दक्षिण कोरिया ल्याइएको १ बर्ष पश्चात उनीहरु मध्ये एक जनाले दक्षिण कोरियाले आफ्नो राजनितिक स्वार्थ पुर्तिका लागि आफूहरुलाई बन्धक बनाएको आरोप लगाएका थिए ।

प्रगतिवादी नागरिक समुहका कानुन व्यवसायीहरुले संयुक्त राष्ट्रसंघिय मानव अधिकार आयोगमा उजुरी दर्ता गर्दै उनीहरुको व्यक्तिगत जिवनमा असर पुर्याएको र बिना कारण घर परिवार सँगको सम्पर्क टुटाएको आरोप सहित उजुरी दर्ता गराएको थियो ।

यता आयोगले भने समस्यामा परेका भए ति पीडित भनिएकाहरु स्वयंले उजुरी दर्ता गर्नुपर्ने र कसैको उक्साहटमा लागि क्षणिक स्वार्थसिद्दीका लागि तथा आफ्नो प्रसिद्दीका लागि आएका त्यस्ता उजुरीहरुमा निर्णय दिन नसकिने भन्दै उजुरी खारेज गरेको जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *