कोरियामा क्वारेन्टाईन नियम नमान्ने ५ बिदेशीलाई देश निकाला

कोरिया समाचार

सोल

दक्षिण कोरियाले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि जारी गरेको निर्देशिका पालना नगर्ने थप ५ जना विदेशी नागरिकलाई सरकारले देश निकाला गरेको छ ।

स्थानीय न्याय मन्त्रालयका अनुसार उनीहरुलाई आइसोलेशन सम्बन्धी नियम नमानेको आरोपमा देश निकाला गरिएको हो ।

मन्त्रालयका अधिकारीका अनुसार सेल्फ आइसोलेशन नियम नमान्ने ३ जना चिनियाँ नागरिक, पाकिस्तान, पोल्याण्ड तथा बेलायतका एक एक जनालाई देश निकाला गरिएको हो ।

गत अप्रिल १ तारिखबाट अनिवार्य बनाइएको आइसोलेशन सम्बन्धी नियम लागु भए पश्चात कोरिया प्रवेश गरेका ति मध्ये ३ जनालाई आर्थिक जरिवाना सहित देश निकाला गरिएको हो । जरिवाना तिर्नेहरु बारे मन्त्रालयले केही बोलेको छैन ।

संक्रमण सुरु भए पश्चात दक्षिण कोरियाले देश प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकहरुलाई अनिवार्य १४ दिने क्वारेन्टाइनको नियम बनाएको छ ।

सरकारी अधिकारीका अनुसार हालसम्म सरकारी नियम उल्लङ्घन गर्ने २४ जना विदेशी नागरिकहरुलाई देश निकाला गरिसकिएको छ ।

मन्त्रालयका अनुसार ९ जना अन्य विदेशी नागरिकहरुले पनि नियम उल्लङ्घन गरेको तर नियतबस सो काम गरेको नपाइएका कारण जरिवाना गरिएको तर देश निकाला भने नगरिएको पनि मन्त्रालयले जनाएको छ ।

गत अप्रिल २७ मा कोरिया प्रवेश गरेका पाकिस्तानी नागरिकमा कोरोना संक्रमण पाइएको थियो । उनले आफू कोरिया प्रवेश गरेको १ दिन पश्चात आफ्नो सेल्फ आइसोलेशन कक्षमा साथीहरुलाई समेत बोलाएको मन्त्रालयले जनाएको छ ।

त्यसै गरि चिनियाँ नागरिकहरु क्वारेन्टाइन स्थलबाट पटक पटक भाग्ने प्रयास गरेको, तथा बेलायती नागरिकलाई क्वारेन्टाइन अवधिमा नै गल्फ मैदान छिरेको आरोप लगाइएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *