सुतेकै अवस्थामा मृ’त्यु भएका थापाको कोरियामै अन्त्येष्टि ।

कोरिया समाचार

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

ईपीएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्क बहादुर थापाको पार्थिव शरीरलाई विधुतीय विधिबाट दाहसंस्कार गरिएको छ ।

स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कोरियामा कार्यरत थापा गत १२ सुतेकै अवस्थामा मृ’त भेटिएका थिए । उनको पार्थिव शरीरलाई २४ तारिक आइतबार कोरियाको इन्छन फेमिली पार्कको 화장 शव दाह गृहमा अन्त्येष्टि गरिएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी गराए ।

वैधानिक रुपमा दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा आमा, दुई दाईहरु र मृ’तक थापा अविवाहित सदस्य थिए । उक्त कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा कार्यरत थिए । अहिलेको विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको हो ।

परिवारका अध्यक्ष गुरुङले नेपाली परम्परा अनुसार मृतक थापाको अस्तु सेलाउन बाँकी रहेको र परिस्थितिको अनुकूलता हेरेर नेपालस्थित परिवारलाई पठाउने वा छिट्टै सेलाउने कार्यको लागि पहल गरिने बताए । मृतकको परिवारलाई सान्तवना स्वरुप एक हप्ते आर्थिक सहयोग अभियान चलाइएको छ । हालसम्म १३ लाख २२ हजार कोरियन वोन (ने.रु.१ लाख ३२ हजार) रकम संकलित भएको र सो रकम मृ’तक परिवारलाई उपलब्ध गराइने संस्थाको केन्द्रीय कोषाध्यक्ष विजय थापाले जनाए ।

ईपीएसको नियमानुसार नेपाली राजदूतावाससँग समन्वय गर्दै मृतक थापाको विमा वापतको रकमको लागि पनि पहल गरिएको परिवारका वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङले थपे । कोरोनाको कहर र व्यस्त समयलाई विशेष ख्याल गर्दै कोरियास्थित नेपाल मगर संघ र स्याङ्जा परिवारको संयुक्त आयोजनामा सोही शव दाह गृहको प्रांगणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको नेपाल मगर संघ गणतन्त्र कोरियाका केन्द्रीय अध्यक्ष सि.पी. मगरले जानकारी गराए ।

मृतक थापाको अन्त्येष्टि कार्यक्रममा स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष युवराज गुरुङ, सल्लाहकार होबिर दर्लामी मगर, निवर्तमान अध्यक्ष एवं सल्लाहकार वाई.बी. राना मगर, उपाध्यक्ष बिपना गुरुङ, थेगु शाखा अध्यक्ष विष्णु वाग्ले, भलिबल टिम कप्तान अमित राना, संस्था सम्बद्ध पदाधिकारी र सदस्यहरु, नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सि.पी. मगर, तमू धीं दक्षिण कोरियाका महासचिव लेसन गुरुङ लगायत मृतकका निकट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । शव व्यवस्थापनमा किम्थेगी नाम गरेका एक कोरियन व्यक्तिले राजदूतावाससँग सहकार्य गरेर विशेष सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *