भोली देखी कोरियाका सार्वजनिक यातायातमा अनिवार्य मास्क को प्रयोग गर्नुपर्ने !

कोरिया समाचार
गुरुदत्त न्यौपाने /सउल

दक्षिण कोरिया सरकारले भोली मंगलबार देखी देशब्यापी रुपमा सार्वजनिक यातायातमा सवार गर्ने यात्रुहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बाध्यात्मक नियम लागु गर्ने भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ अर्थात कोरोना भाईरसको संङ्क्रमणलाई नियन्त्रण गर्नको लागी मंगलबार देखी सार्वजनिक बस,ट्याक्सी तथा ट्रेन हरुमा यात्रा गर्ने सम्पुर्णले मास्क प्रयोग गर्नैपर्ने नियम लागु हुने भएको हो।

सार्वजनिक यातायातका साधनमा यात्रा गर्नेहरुलाई यो नियम मंगलबार देखी लागु हुने साथै अन्तरास्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरुलाई बुधबार देखी यो नियम लागु हुने रोग नियन्त्रण महाशाखा केसिडीसि ले बताएको छ।

नियम नमान्ने या उल्लङ्घन गर्ने यात्रुहरुलाई यात्रा प्रतिबन्ध गरी कानुन अनुसार कारबाही समेत गरिने जारी नियममा उल्लेख गरिएको छ।जारी नियम यात्रु लगायत चालकहरुलाई समेत अनिवार्य गरिएको छ।

मास्क नलगाई ट्याक्सी या बसमा यात्रा गर्न आउने यात्रुलाई चालकले बस या ट्याक्सीमा प्रवेश नदिन सम्म सक्ने अधिकार प्रदान गरिएको केसिडिसीको प्रतिबेदनमा उल्लेख गरिएको छ।

“यो उपाएले सार्वजनिक यातायात मार्फत कोरोना भाईरसको प्रसारलाई रोक्न मद्द पुर्याउने छ ” केसिडीसी का एक अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *