जापानभरबाट हट्यो आपतकाल

अन्तराष्ट्रिय खबर

टोकियो

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको आपतकाल जापानभरबाट हटाइएको छ ।

कोरोना भाइरसको संक्रमण अपेक्षाअनुरुप घटेपछि बाँकी रहेका प्रिफेक्चरहरुबाट आपतकाल हटाइएको हो ।

प्रधानमन्त्री शिन्जो आबेले टोकियो सहित केही प्रिफेक्चरहरुमा जारी रहेको आपतकाल हटेको सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानभर लागू गरिएको आपतकाल गत हप्तासम्म ४२ प्रिफेक्चरहरुमा हटाइएको थियो । बाँकी रहेका टोकियो, खानागावा, चिबा, साइतामा तथा होक्काइदोमा आजदेखि हटाइएको हो ।

आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न र घर बाहिर निस्कन नागरिकहरुलाई कुनै रोकतोक गरिनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *