होटललाई क्वारेन्टिन बनाउन संचालकहरु तयार, पाँचतारेमा प्रतिव्यक्ति दैनिक खर्च १६ हजार लाग्ने

मुख्य समाचार

पर्यटकस्तरीय तथा तारे होटल सञ्चालकहरुको संस्था होटल संघ नेपालले होटललाई क्वारेन्टिन बनाउन सकिने भन्दै सरकारलाई विवरण बुझाएको छ।होटलहरुलाई आवश्यताअनुसार क्वारेन्टिनको रुपमा प्रयोग गर्नेबारे होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशकलाई क्वारेन्टिनमा राखिँदाको शुल्कसहितको

विस्तृत विवरण बुझाएको हाे,विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराई होटलहरुलाई क्वारेन्टिनको रुपमा उपयोग गर्ने निर्णय सरकारले गरेमा संघसँग आवद्ध सदस्य होटलहरुबाट आवश्यक सहयाेग गर्ने संघले जनाएको छ।काेराेना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार

व्यवस्थापन गर्न सकिनेगरी क्वारेन्टिन तयार गर्नेबारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ।खासगरी क्वारेन्टिनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइन पूर्व नै काेराेना जाँच गरी संक्रमण नभएको एकीन प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुने व्यवस्था गर्नुपर्ने संघकाे सुझाव छ।

होटल संचालनका क्रममा अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुमा कुनै क्षति हुन नहुने, कामदार, कर्मचारी तथा छिमेकका स्थानीय समुदायलाई समेत संक्रमणबाट बचाउन खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल संचालन हुनुपर्ने संघकाे सुझाव छ।

संघले सरकारलाई बुझाएको विवरणमा पर्यटकस्तरीय होटलमा प्रतिव्यक्ति दिनको ३ हजार शुल्क लाग्ने, एउटै कोठमा २ जना बसेमा प्रतिव्यक्ति २५ सय रुपैयाँ लाग्ने उल्लेख गरिएको छ।त्यस्तै डिलक्स पाँचतारे होटलमा भने प्रतिकोठा दिनको १६ हजार रुपैयाँ शुल्क लाग्ने छ।

यो शुल्कमा चार छाक खाना, सबैखाले आधारभूत सेवा सुविधा उपलब्ध हुने संघले बताएको छ।संघमा सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरु अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन्।सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *