आईफोन प्रयोग गर्नेले व्येहोर्नु पर्दछ यी झन्झटहरु

प्रविधि

काठमान्डौँ

हातमा यौटा फोन होस्, आफ्नै फोनबाट आफ्नै मान्छे सँग घण्टौँ कुरा गर्न पाइयोस् भन्दा हाँस्छ आजको मान्छे ।

यहि लाईनलाई अलि परिमार्जन गर्दा उ फेरी फुरुङ्ग हुन्छ । त्यो लाईन हो- हातमा आइफोन ११ होस् राम्रा तस्विर खिचुँ, फेसबुक, इन्स्टाग्राम रंगिन बनाउ, टिकटकमा मिलियन भ्यु कमाउ र एक सेलिब्रेटी बनु ।

यी नै सपनामा मानिसले हज्जारौँ हैन लाखौँ रुपैया खर्चेर आइफोन किन्छन् । जव आइफोन किन्छन्, तव उनीहरु साना साना समस्याहरुबाट नराम्ररी पिडित हुन्छन् ।

समस्या साधारण भएता पनि यीनले आइफोन प्रयोगकर्तालाई निक्कै झण्झट दिइरहेका हुन्छन् । आउनुहोस् जानौ आइफोनका सामान्य काजोरी जो हाम्रालागि ठूला समस्या बन्दै गइरहेका छन् ।

सीमित स्टोरेज

एप्पललका कुनै पनि आइफोनमा मेमोरी कार्ड लाग्दैन । अझ सबैभन्दा सस्तो आइफोन मोडलमा त निकै कम स्टोरेज हुने गर्दछ । हाल बजारमा पाइने स्मार्ट फोनमा मात्र नै प्रशस्त स्टोरेज क्षमता हुन्छ ।

पुरानो आइफोन मोडलहरूमा केवल १६ जीबी मात्र स्टोरेज छ । यसरी सीमित स्टोरेजको कारण आइफोन प्रयोगकर्ताहरू समस्यामा परिरहेको हुन्छन् । गुगल फोटोजले अनलिमिटेड तस्विरहरू निःशुल्क अपलोड गर्न सकिन्छ तर एप्पलले जम्मा ५ जीबीको आइक्लाउड स्टोरेज प्रदान गर्छ । नयाँ अपडेट गर्नुपरेमा आइफोन प्रयोगकर्ताले आफ्नो आइफोनको आधा स्टोरेजलाई खाली पार्नुपर्ने हुन्छ ।

आइट्युन्सको झन्झट

नयाँ आइफोनमा गीत हाल्नु प¥यो भने कि त तपाईंले एप्पलको आइट्युन्स स्टोरबाट डलर खर्च गरेर संगीत खरिद गर्नु पर्ने हुन्छ कि त कम्प्युटरमा आइट्युन्स प्रोग्राम डाउनलोड गर्नुपर्ने हुन्छ । आइफोनको “म्युजिक” एपमा संगीत देखिने बनाउनका लागि कम्प्युटरबाट आइट्युन्स कै प्रयोग गरेर संगीत हाल्नुपर्ने हुन्छ । यस सफ्टवेयरविना आइओएस नभएको उपकरणमा संगीत हाल्नु मिल्दैन । त्यतिमात्र नभई एउटा कम्प्युटरको आइट्युन्सबाट हालेको संगीत अर्को कम्प्युटरको आइट्युन्सबाट संगीत हाल्ने बेलामा डिलिट गर्नु पर्ने हुन्छ ।

कल आउँदा पुरै स्क्रिन नै ढाक्ने

सामान्यतया फोन प्रयोग गरिरहेको समयमा यदि कुनै कल आयो भने आइफोनमा सो कलले सम्पूर्ण स्क्रिन नै ढाकिदिन्छ । विशेषगरीः गेम खेलीरहेको बेला वा भिडियो हेरेको बेलामा कल आउँदा सो फोन नउठाउँदा वा नकाट्दासम्म उक्त स्क्रिन पूर्ण रूपमा कल नै ढाकिएको हुन्छ । तर प्रायजसो एन्ड्रोइडमा चाहिँ गेम खेल्दा वा अन्य कुनै एप चलाएको बेलामा कल आयो भने सो कलले माथि पट्टिको सानो भाग मात्र लिने गर्दछ जसले गर्दा प्रयोगकर्ताले कल उठाउन, काट्न वा सिधै इग्नोर गर्न सक्नेछन् ।

आइकन र लन्चर परिवर्तन गर्न नमिल्ने

हरेक एन्ड्रोइड स्मार्टफोनमा फेर्न सकिने आइकन र लन्चर आइफोन वा कुनै पनि आईओएस नभएको ग्याजेटमा भने फेर्नु मिल्दैन । आइफोनमा आउने आइकन र युजर इन्टरफेस जस्तो छ त्यस्तैमा चित्त बुझाउनुपर्ने हुन्छ । यसरी आफूलाई काम नलाग्ने आइकन लुकाउन मिल्दैन र आइकनलाई मन लागेको ठाउँमा राख्न पनि सकिँदैन ।

ब्याकग्राउण्डमा डाउनलोड गर्न नमिल्ने

अरु एन्ड्रोइड फोनहरूमा जस्तो आइफोनमा भने एप स्टोर बाहेकका ठाउँबाट ब्याकग्राउण्ड डाउनलोड सपोर्ट गर्दैन । यसरी एप वा गेमलाई मिनिमाइज गर्नेबित्तिकै उक्त डाउनलोड स्वतः बन्द हुन्छ र यस फिचरलाई हटाउन पनि मिल्दैन ।

एउटा आइफोनबाट अर्को आइफोनमा एप्सहरू पठाउन नमिल्ने

आइफोनमा प्रयोगकर्ताले एपहरू एप स्टोरबाट मात्र डाउनलोड गर्नुपर्ने हुन्छ भने इन्स्टल भएका एपहरू कुनै पनि माध्यमको प्रयोग गरेर एक आइफोनबाट अर्कोमा पठाउन मिल्दैन । यसर्थ इन्टरनेट बिना आइफोनमा एपहरू एन्ड्रोइडमा जस्तै सजिलै इन्स्टल गर्न मिल्दैन । जुन एन्ड्रोइड स्मार्टफोनमा सेयरइट, सेन्डर आदि जस्ता एपको प्रयोग गरेर एक स्मार्टफोनबाट अर्को स्मार्टफोनमा एप र गेमहरू पठाउन मिल्छ । यसरी पठाएको एपहरू अर्को प्रयोगकर्ताले विना इन्टरनेट नै इन्स्टल गरेर प्रयोग गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *