लकडाउनका कारण धेरै जोडीहरुको सम्बन्धमा दरार

अन्तराष्ट्रिय खबर

काठमाडौ

कोरोना संक्रमणको असर विश्वव्यापी रुपमा रहदै आएको छ । सामानिक, आर्थिक रुपमा त यसको असर प्रत्यक्ष रुपमा नै देखिएको छ ।

त्यसका अलावा कोरोना संक्रमणको असर परिवार भित्र समेत प्रवेश गर्न थालेको छ । हालै जापानमा नयाँ व्यापार फस्टाउदै गइरहेको छ ।

परिवार सँग लामो समय बस्दा मानिसहरुमा खटपटी पैदा हुन थालेपछि त्यहाँ घरबाट टाढै बसौँ भन्ने व्यवसाय चल्न थालेको छ ।

उक्त व्यवसायका संस्थापकका अनुसार उनको सँगै बस्दै आएकी महिलासँग खटपटी बढेका कारण उनमा नयाँ व्यवसाय गर्ने सोच आएको थिय‍ो जस अनुसार घर बस्दा दिक्क भएकाहरुलाई बसोबासको प्रबन्ध मिलाइन्छ ।

यस अघि अधिकांश घर बाहिर रहदा उनीहरुमा विवाद गर्ने फुर्सद नभएको तर हाल एक्कासी सँगै हुँदा उनीहरुमा परिवार व्यवस्थापनमा समस्या भएको ती व्यवसायी बताउछन् ।

सामसुङ मेडिकल सेन्टरका मनोपरामर्शदाता जियोन होङ जिनका अनुसार हाल अधिकांश मानिसहरु काम बाहिर भएका कारण उनीहरु एक प्रकारको अवकाश जिवन विताइरहेका छन् र यो घर झगडाको प्रमुख कारक हो ।

सँगै घरमा लामो समय बसेका कारण उनीहरु बिच झगडा बढ्ने गरृको बताउदै उनले त्यसले परिवार तहसनहस समेत हुन थालेको बताएका छन् ।

यदि यही तरिकाले मानव जिवनमा संकट आइरहेमा यसको स्वरुप भयावह हुने समेत उनले बताएका छन् । यो समय पिडाको हो र यो बेला मिलेर बस्नुको विकल्प नरहेको समेत उनले बताएका छन् । यो बेला आउने समस्याको मिलेर समाधान गर्नु नै हालको उत्तम समाधान रहेको पनि उनले बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *