सोल ।
दक्षिण कोरियामा नेपाली युवाहरूले देशको नयाँ नक्शा जारी गरे संगै गत अईतबार दिप प्रज्वलन गरेर खुसियाली व्यक्त गरेका छन् ।
नुवाकोटका सालिक न्यौपानेले संयोजन गर्नु भएको उक्त कार्यक्रममा दिप प्रज्वलन गरी देशको राष्ट्रिय गान गाउँदै, नेपाल प्रति गौरव व्यक्त गरेका थिए ।
कालापानी , लिपुलेक, लिम्पियाधुरा सम्म नेपालकै हो भरतले स्विकार गर्नुपर्छ भन्दै मोरङका तेज अधिकारिले आफ्नो मन्तव्य राखेका थिए । सुस्ता, माने भञ्ज्याङ लगाएत बिभिन्न ठाउँमा भरतले मिच्दै आएको प्रवृती अब अन्त्य हुनुपर्ने भन्दै गोरखाको धनजित श्रेष्ठले थपेका थिए।
त्यस्तै बुटवलका विष्णु सुवेदिले तराईको धेरै ठाउँहरूको सिमाना विवाद पनि यो संग संगै सुल्झाउन पर्ने भन्दै आफ्नो भनाइ राखेका थिए । दक्षिण कोरियामा रहेमा नेपालीहरुमा गहिरो राष्ट्रप्रेम रहेको र सरकारलाइ हाम्रो भुमि फर्काउन पनि दबाबका साथै हामि राष्ट्रको लागि जुनसुकै सहयोग गर्न पनि तयार छौं भन्ने भनाइ व्यक्त गरेका छन्।
राष्ट्र र राष्ट्रियताको लागि हामि सम्पुर्ण नेपालिहरू एक ढिक्का हुनुपर्छ भन्ने कार्यक्रमको उध्देश्य रहेको कार्यक्रम संयोजकले बताएका थिए।