कोरियामा एक नेपालीको दुःखद नि’धन

कोरिया समाचार

सोल

झण्डै ५ वर्ष अघि कोरिया आएका एक मैती तमाङको गत सोमवार मृत्यु भएको छ ।धादिङ झार्लाङ निबाशि तमाङ ५ बर्ष अगाडि भिजिट भिसामा कोरिया आएका थिए ।

अन्दाजी ४५ बर्षिय तमाङ गत अप्रिल २४ तारिक छनान थाङजिन स्थित कन्ट्रक्सनमा दैनिक (आराबाइट) काम गर्ने क्रममा एक तला माथी बाट लडि टाउकोमा गहिरो चोट लागेको थियो ।

अत्याधिक रक्तस्राव भएपछि तामाङ लाई तत्काल कार्यस्थल बाट उपचारको लागि थाङ्जिनको स्थानीय अस्पतलमा उपचारको लागि लगियता पनि त्यहा उपचार असम्भब भएकोले तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियुमा राखी उपचार गर्ने क्रममा एक महिना पछि गत सोमबार बेलुका निधन भएको हो ।

तमाङ अबैधानिक भएको कारण कुनै स्वस्थ्य बिमा नभएको र निजको उपचार खर्च लगभग ९ करोड वन नेपाली ९० लाख रुपैया जतिको बिल आएको छ। त्यस्तै निज लाई यथा सक्दो यो हप्ता सम्म बिल तिरी पर्थिब शरीरको सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउनु भएको छ ।

उक्त ठुलो रकम तिर्न नसक्ने भएकाले तामाङको बहिनी कबिताले कोरियाको विभिन्न संघ सस्था व्यापारी श्रमिक दाजुभाइ लाई सहयोग गरिदिन आग्रह गरेकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *