हरेक नेपालीको रगत उमाल्ने गीत “मेरो देश”

मुख्य समाचार

प्रकाश न्यौपाने ,

नेपाल सरकारद्वारा भारतले मिचेको नेपाली भुमी सहितको नक्सा सार्वजनिक गरेसंगै नेपाली जनतामा एकताको लहर पुनः एकपटक शिखरमा पुगेको छ।

यो समय आफुभित्रको देशप्रेम व्यक्त गर्ने एउटा सुनौलो अवसर पनि हो। देशलाई परेको बेला आफ्नो ठाउँ आफ्नो क्षेत्रबाट र आफ्नै तरीकाद्वारा सरकारको हिम्मत बढाउनु र देशलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्य पनि हो।

अहिले नेपालमा त्यस्तै भैरहेको पनि छ। हरेकले आफ्नो ठाउँबाट देशको पक्षमा आवाज उठाईरहेका छन। सम्पुर्ण विश्व नै कोरोनाले आक्रान्त भैरहेको बेलामा पनि भारतले छिमेकीका माथी गरेको यो तल्लो स्तरको व्यावहारको चौतर्फी निन्दा भैरहेको छ।

नेपाली जनताले देशलाई परेको बेला जुनसुकै समयमा पनि पछि हट्दैनन भन्ने ईतिहास पुनः सावित हुदैछ।यो समयमा हौसला प्रदान गर्नको लागि नेपाली गीतसंगीतले पनि ठूलो भुमिका खेलेको छ। यो समयमा आफू जन्मेको माटो प्रतिको मोह व्यक्त गर्नको लागि बजारमा “मेरो देश” नामक देशभक्ति पुर्ण गीत सार्वजनिक भएको छ।

MM Entertainment & Events नामक युट्युब च्यानल बाट माधब न्यौपानेले प्रस्तुत गरेको गीतमा सुगम संगीतका लोकप्रिय गायक शिव परियार र गायिका विद्या तिवारी को स्वर रहेको छ। आराज केशव गिरिले संगीत भरेको गीतलाई दीपक सापकोटा र माधव न्यौपानेले लेखेका हुन।

गीतमा आफु जन्मेको कोख अनि हुर्केको माटोको सपथ खादै देशको लागि ज्यान पनि दिन सक्ने वीर नेपालीको परिचय दर्शाउने प्रयास गरिएको छ। यो गीत नेपाली हरुमा देखिएको एकतालाई अझै एक कदम माथी उठाउने मा स्रष्टाहरु बिस्वस्त छन।

आफू जन्मेको देशको लागि आफू हुर्केको माटोको कसम खाएर आफ्नो छाती थाप्न पनि तयार हुन्छन् राष्ट्रभक्त नागरिक हरु। केही समय अघि मात्र लकडाउनको पालना गरौ घरमै सुरक्षीत बसौ भन्ने आशय सहितको “लकडाउनको डोरि नामक” जनचेतना मुलक गीत सार्वजनिक गरेका न्यौपाने हाल अष्ट्रेलियामा रहेका छन।

नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने न्यौपानेले थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन।नेपाल राष्ट्र ,राष्ट्रियता र नेपाली संगीत प्रतिको माया यसरी नै यथावत रहोस अनि तपाईका सम्पुर्ण रचनाहरुले सबैको मन जित्न सकोस, माधव जि लाई शुभकामना ।

तलको लिङ्कबाट पनि म हुर्केको मेरो माटोको कसम गीत सुन्न हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *