सोल–
कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्र उकास्नका लागि दक्षिण कोरियाले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै प्याकेजहरु सार्वजनिक गरिरहेको छ ।
पछिल्लो पटक सरकारले त्यहाँ सञ्चालित अटो पार्ट्स उद्योगहरुका लागि अनुमानित ४०५ मिलियन अमेरिकी डलर बराबरको राहात प्याकेज सार्वजनिक गरेको छ ।
अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले कार निर्माता कम्पनिहरुसँगको संयुक्त साझेदारीमा सो राहत प्याकेज ल्याएको उनले बताएका छन् ।
बजार सुचारु गर्न सार्वजनिक क्षेत्रले ९ हजार ५०० वटा कार किन्ने र सवारी साधन विक्रिका लागि जुन २६ पछि विशेष मेला आयोजना गरिने पनि अर्थमन्त्री होङ नाम कीले बताएका छन् ।
अटो पार्ट्स उद्योगमा गरिने लगानीले आर्थिक उपलब्धि हासिल गर्न सघाउने बताउदै उनले पछिल्लो चौमासिकमा थलिएको अर्थतन्त्र उकास्न यो कदम उपयुक्त माध्यम हुने समेत मन्त्री होङले बताएका छन् ।
सरकारले कोरोना संक्रमणले थलिएको अर्थतन्त्र उकास्न र देशको कुल गार्ह्रस्थ उत्पादन बढाउन २५० ट्रिलियन वोन बराबरको आर्थिक प्याकेज ल्याउन लागेको पनि बताएका छन् ।Hotpati