कोरियामा कोरोना संक्रमणसंगै संग्राहलय, ग्यालरी तथा रंगमञ्च पुनः बन्द

कोरिया समाचार

सोल

दक्षिण कोरियाको राजधानी सोलमा पाइएको कोरोना संक्रमणको दोश्रो लहरका कारण सामान्य बनेको जनजिवन पुनः प्रभावित बनेको छ ।

सरकारले सरकार नियन्त्रित सर्वसाधारणको भिडभाड हुने सबै संग्राहलय, ग्यालरी तथा रंगमञ्चहरु पुन: २ हप्ताका लागि बन्द गराएको छ ।

कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयका अनुसार सरकारको सो निर्णय पश्चात सरकारी लगानिका सम्पुर्ण सार्वजनिक क्षेत्रहरु बन्द गरिने छन् ।

अधिकारीका अनुसार राजधानी सोल, इन्छन , ख्यंगी लगायतका शहरहरुमा संक्रमण फैलन सक्ने खतराका कारण सम्पुर्ण जमघट हुने क्षेत्रहरु बन्द गरिएका छन् ।

सरकारको सो निर्णयकै कारण सरकारी श्रोतबाट चल्दै आएको राष्ट्रिय संग्राहलय समेत बन्द गरिने भएको छ ।

लजिस्टिक केन्द्रबाट फैलिएको संक्रमणका कारण मुख्य शहरका सैयौँ मानिसहरु संक्रमित बने पछि सरकारले सो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णय अनुसार आगामी जुन १४ तारिख सम्म मानिस जमघट हुने सम्पुर्ण सार्वजनिक क्षेत्र बन्द रहने छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *