दक्षिण कोरियामा कम्प्युटर,जुत्ता र टोपीमा समेत कोरोना सङ्क्रमण !

कोरिया समाचार

सोल

-दक्षिण कोरियाको एक कम्पनिको कम्प्युटरमा पनि कोरोना भाइरस पाइएको छ ।

बुछनमा रहेको खुफाङको लजिस्टिक केन्द्रमा प्रयोग गरिदै आएको कम्प्युटरका माउस, किबोर्ड लगायतका सामाग्रीहरुमा संक्रमणका जिवाणु पाइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका निर्देशक जुङ इयुन क्युनका अनुसार उक्त कम्पनिको दोश्रो तल्लामा रहेका केही कम्प्युटरहरुमा संक्रमणका जिवाणु पाइएको हो ।

कम्पनि प्रतिनिधिहरुका अनुसार कर्मचारीहरुले प्रयोग गर्ने गरेका टोपी तथा जुत्ताहरुमा समेत संक्रमण पाइएको छ । सो संक्रमण पाइए पश्चात त्यहाँ जाने ग्राहकहरुमा समेत संंक्रमण भएको हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।

उक्त केन्द्रमा ६ दिन अगाडी देखिएको भाइरि संक्रमणबाट हाल सम्म १०६ जना संक्रमित पाइएका छन् । केन्द्रले दिएको जानकारी अनुसार उक्त केन्द्रमा काम गर्ने ४८६ जनामा भने संक्रमण पाइएको छैन ।

संक्रमण फैलिए लगत्तै सोल महानगरमा शुक्रवार साँझ ६ बजेबाट २ हप्ताका लागि सार्वजनिक सेवासँग सम्बन्धित सम्पुर्ण सेवाहरु बन्द गरेको छ । सरकारले कोरोना संक्रमण शुन्य भए सँगै खुल्ला गरेको मास्कको विक्री तथा वितरण पनि हाललाई सोही संक्रमणका कारण बन्द गरेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *