मे २७ मा कोरिया प्रवेश गरेका २ बंगलादेशीमा कोरोना संङ्क्रमण देखिएसंगै अब कोरिया भित्रने विदेशी कामदारलाई कडाई गर्ने संकेत।

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सउल

ईपिएस प्रकृया मार्फत बंगलादेश बाट आएका २ बँगाली नागरिकलाई कोरोना संङ्क्रमण फेला परेको छ।

ख्यङ्गिदो प्रान्तको ह्वासाङ्ग सी मा रोजगारीको लागी आएका उनीहरुलाई कोरोना संक्रमण देखिएको हो।

ह्वासाङ्ग क्षेत्रको २६ र २७ आौँ सङ्क्रमितको रुपमा फेला परेका उनीहरु गत मे महिनाको २७ तारिख बंगलादेश बाट रोजगारीका लागी कोरिया आएका थिय।

ह्वासाङ्ग को जाङआन आौधोगिक क्षेत्र र ह्याङ्नाम मा बस्ने उनीहरु कोरिया आएको पर्सीपल्ट ह्वासाङ्ग स्कृनिङ्ग हस्पिटल तथा क्लिनिकले स्वाव संकलन गरी कोरोना जाँच गर्दा कोरोना पोजेटिभ देखिएको ह्वासाङ्ग सिटी सेन्टर ह्वासाङ्ग सिछङले बताएको छ।

दुवै सङ्क्रमित मे २७ तारिख ईन्छन अन्तरास्ट्रिय बिमानस्थलमा ओर्लिएपछी ट्याक्सी रिजर्व गरी आफुले दिएको सेल्फ आईसोलेसनको ठेगानामा गएकोबताएका छन।

उनीहरुलाई अहिले सुवनमा रहेको सुवन ख्यङ्गी मेडिकल सेन्टरमा राखेर उपचार गरिएको जनाईएको छ।साथै उनीहरुको कन्ट्याक ट्रेसिङ्ग सहित उनीहरु हिँडेको तथा प्रयोग गरेको कोठा तथा सामानहरु डिसईन्फेक्सन गर्ने काम भईरहेको जनाएको छ।

यससंगै रोजगारीको लागी कोरिया आउने १६ ओटा मुलुकका कामदारलाई अझ बढी कडाई गर्ने संभावना बढेर गएको अनुमान लगाईएको छ।यदी यसो भयोभे नेपालबाट आउने नेपाली कामदारहरु समेतलाई प्रभाव पर्ने आँकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *