टोकियो–
कोरोना संक्रमण नियन्त्रण हुँदै गए सँगै जापान सरकारले मानवीय गतिविधि तथा आर्थिक गतिविधि सञ्चालनमा ल्याउन थालेको छ ।
संकटकाल हटाएको छ भने मानवीय चहलपहल पनि सुरु गरेको छ । यसै बिच जापानले निश्चपत देशहरुबाट यात्रुहरुको आवत जावतलाई समेत खुल्ला गर्ने योजना अगाडी बढाएको छ ।
रेष्टुरेन्ट, सिनेमा तथा विद्यालयहरु सञ्चालनमा आएसँगै जापान सरकारले अन्य गतिविधिहरुलाई पनि विस्तारै सञ्चालनमा ल्याउने भएको छ ।
सरकारी अधिकारीहरुका अनुसार कोरोना संक्रमण प्रभाव कम भएका देशहरु अष्ट्रिया, न्युजिल्याण्ड, थाइल्याण्ड तथा भियतनाम लगायतका देशहरुबाट पर्यटकहरुलाई प्रवेश दिने बारे छलफल सुरु भएको छ ।
समाचार बारे परराष्ट्र भने मौन रहेको छ । कोरोना संक्रमणबाट हाल सम्म जापानमा १७ हजार बढी संक्रमित रहेका छन् भने ९०० बढीले ज्यान गुमाइ सकेका छन् । संक्रमण फैलन सक्ने खतरालाई ध्यानमा राख्दै जापान सरकारले गत फेब्रुअरीबाट विदेशी पर्यटकहरुको प्रवेश निषेध गरेको थियो ।
विदेशी नागरिकलाई प्रवेश दिइएता पनि उनीहरुलाई भीडभाड युक्त क्षेत्र, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा भने जान दिइने छैन । निश्चित प्रकृया पुरा गर्ने ति नागरिकहरुलाई सरकारले शशर्त जापान प्रवेश दिने भएको हो ।हटपाटीबाट