सोल–
दक्षिण कोरिया सरकारले आजबाट लागु हुने गरि देशभरका जुन सुकै औषधि पसलहरुबाट फेस मास्क सहजै उपलब्ध रहने जानकारी दिएको छ ।
कोरिया सरकारले देशभर चरम अभाव रहेको मास्कको सहज आपुर्तिको व्यवस्था मिलाइएको बताउदै नजिकको औषधि पसलबाट मास्क किन्न सकिने जनाएको हो ।
सरकारी अधिकारीहरुका अनुसार अठार वा सो भन्दा कम उमेर भएका नागरिकहरुले हप्ताको पाँचवटा मास्क किन्न पाउने छन् ।
अठार बर्ष भन्दा बढी उमेर भएकाहरुको हकमा भने तीनवटा मास्क प्रतिहप्ता निर्धारण गरिएको छ । विद्यालय जानुपर्ने भएका कारण १८ बर्ष मुनिकाहरुका लागि बयस्क नागरिकहरुको भन्दा बढी मास्कको व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाली खाद्य तथा औषधि मन्त्री ली उयी क्युनका अनुसार कोरोना संक्रमणको उच्च संक्रमण सुरु भएसँगै गत फेब्रुअरी महिनाबाट लागु गरिएको मास्क प्रयोग सम्बन्धि नियमलाई कोरोना नियन्त्रण हुँदै गएको तथा मास्क उत्पादन क्षमतामा बृद्धि हुँदै गइरहेका कारण बजारमा सहज व्यवस्थापन गर्न सकिएको हो ।
यस अघि एक हप्तामा अधिकतम २ वटा मास्क किन्न सकिने व्यवस्था गरिएको थियो भने गत महिनाबाट त्यसलाई बढाएर तीनवटा प्रतिहप्ता बनाइएको थियो ।
मन्त्रालयका अधिकारीका अनुसार मास्क उत्पादन गर्ने उद्योगहरुले क्षमता विस्तार गर्दै लगेका कारण हाल मास्कको वितरणमा सहजता भएको बताउदै छिट्टै ग्राहकले चाहे जत्तिको परिमाणमा मास्कको विक्री गरिने छ ।हटपाटीबाट शाभार