जापानमा फेस मास्कको खुद्रा व्यापारी पक्राउ

अन्तरास्ट्रिय

टोकियो- जापान सरकारले कोरोना संक्रमण पश्चात स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरुको नाफामूखी विक्रि वितरणमा रोक लगएको छ ।

हाल त्यसो गरिएको पाइएमा त्यहाँको संक्रमण ऐन अन्तरगत कारवाही हुन्छ । जापानी प्रहरीले त्यस्तै घटनामा सम्बन्धित बनेको आरोपमा एक व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

हालै जापानको ओकायामा प्रहरीले मास्कको खुद्रा व्यापार गरेको तथा कालो बजारी गरेको आरोपमा एक ३४ बर्षिय नागरिकलाई पक्राउ गरेको छ ।

संक्रमण पश्चात जापानमा फेस मास्कदेखि ट्वाइलेट पेपर सम्म हाहाकार भएको थियो । सो घटना पश्चात सरकारले मार्च १५ बाट नयाँ नियम बनाई अत्यावश्यकीय वस्तुहरुको नाफामुखि व्यापार बन्द समेत गराएको थियो ।

प्रहरीका अनुसार जुङ्की फूजी नाम गरेका ति जापानी नागरिकले प्रति गोटा ४४ येनले ७० हजार थान मास्क खरिद गरि प्रति गोटा ४९ येनका दरले विक्रि गर्दै आएका थिए ।

एक सरसफाई कार्यालयका बोर्ड सदस्य समेत रहेका उनले जापानकै कुरासिकी शहरमा थप २ हजार मास्क प्रति गोटा ५० ले विक्रि गरेको पनि प्रहरीले जनाएको छ ।

हाल उनलाई गिरफ्तार गरिएको र प्रहरीले अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । उनलाई कसुर प्रमाणित भएमा संक्रमण ऐन अन्तरगत कारवाही हुने छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *