दक्षिण कोरियामा विदेशी नागरिकका लागी जुन १ तारिखबाट नयाँ नियम लागु !

कोरिया समाचार

सोल

दक्षिण कोरियामा लामो समयदेखि स्थाई बसोबास गर्ने बिदेशी नगारिकले समेत अनिबार्य रुमामा प्रवेश अनुमति लिनु पर्ने भएको छ ।

न्याय मन्त्रालयका अनुसार कोरियामा लामो समय बसोबास गरि केहि समयको लागि बाहिर गएका बिदेशी नागरिकले सरकारले तोकेका बिभिन्न प्रकृयाहरु पुरा गरि स्थानीय अध्यागमन बाट पुनः प्रवेशाज्ञा लिनु पर्ने भएको हो ।

उक्त नियम यही जुन १ तारिख देखि लागु भएको छ ।यद्यपी कुटनीति भिसा A-1 , अफिसियल भिसा, A-2 ,सन्धि सम्झौता सम्बन्धि भिसा A-3 तथा बिदेशमा बस्ने कोरियन नागरिक F-4 भिसाको लागि भने उक्त नियम लागु नहुने बताइएको छ ।

यसरि कोरिया प्रवेशाज्ञा लिदा ४८ घण्टा भित्र उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जांच गरेको रिपोर्ट (कोरियान या अंग्रेजी भाषामा लेखिएको ) अनिबार्य रुपमा देखाउनु पर्ने छ ।

मान्यता प्राप्त डाक्टरको हस्ताक्षर भएको उक्त रिपोर्टमा ज्योरो , रुघाखोकी , शरीर चिलाउने , टाउको दुख्ने ,स्वासप्रस्वास सम्बन्धि समस्या आदिको लक्षण देखिए नदेखिएको अनिबार्य रुपमा खुलेको हुनु पर्ने छ ।

त्यसैगरी यहि महिनाको अन्त्य देखि कोरियाको अध्यागमनको बेवसाइट hikorea.go.kr मार्फत पनि प्रवेशाज्ञाको निबेदन दिन सक्ने ब्याबस्था मिलाउन लागेको न्याय मन्त्रालयले बताएको छ ।

लामो समय कोरिया बसोबास गरि विदेश गएका केहि नगारिकहरु पुनः कोरिया प्रवेश गर्दा कोरोना भाइरसको लक्षण देखिएपछि सरकारले उक्त नीति ल्याएको हो ।पछिल्लो नियामानुसार कोरिया प्रवेश गरेपश्चात अनिबार्य रुपामा १४ दीन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *