दक्षिण कोरियाले विदेशी नागरिकको अटोमेटिक रि-इन्ट्री बन्द गर्यो

कोरिया समाचार

सोल

दक्षिण कोरिया सरकारले त्यहाँ बस्ने विदेशी नागरिकलाई दिइदै गरेको अटोमेटिक रि-इन्ट्री व्यवस्था तत्कालका लागि बन्द गरेको छ ।

अब कोरिया प्रवेश गर्न चाहाने तथा बाहिर जान चाहाने स्वदेशी तथा विदेशी सबै नागरिकले रि-इन्ट्री फारम अनिवार्य भर्नुपर्ने छ । सरकारका अनुसार सो नियम जुन १ बाट लागु गरिएको हो ।

सरकारी अधिकारीका अनुसार उक्त सरकारी नियम विदेशबाट परिवार सहित कोरिया आई बसेका नागरिकहरु तथा कोरियाका स्थायी नागरिकहरुका हकमा लागु हुने छ ।

सरकारको उक्त नियममा A-1 कुटनितिक, A-2 कर्मचारी, A-3 सन्धि सम्झौता क्षेत्रमा काम गर्ने तथा F-4 मजदुर भिसा बाहकहरु सम्बन्धित छैनन् ।

भिसा अनुमति पत्र हरेक स्थानिय इमिग्रेशन कार्यालयमा उपलव्ध हुने तथा देश छोड्नु अघि अनिवार्य निवेदन दिनुपर्ने पनि सरकारी अधिकारीले जनाएका छन् ।

फारम नभरी देश छोडेमा उनीहरुको आप्रवासी नागरिकको दर्ता खारेज हुने पनि मन्त्रालयले जनाएको छ । न्याय मन्त्रालयका अनुसार सरकारले रि-इन्ट्री परमिट फारम www.hikorea.go.kr मा उपलव्ध गराउने पनि उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार कोरिया प्रवेश गर्ने जो कोही नागरिकले विमानमा चढ्नु अगाडी आधिकारिक मेडिकलमा कोरोना संक्रमण परिक्षण गराई रिपोर्ट पेश गर्नु पर्ने छ।

उक्त मेडिकल सर्टिफिकेटमा डाक्टरको हस्ताक्षर अनिवार्य छ र भाषा अंग्रेजी अथवा कोरियन हुनुपर्ने छ ।

हालका दिनहरुमा लामो समयसम्म कोरिया बाहिर बसेर कोरिया प्रवेश गर्ने नागरिकहरुमा कोरोना संक्रमण पाइने दर बढ्दै गएका कारण उक्त संक्रमणलाई नियन्त्रण गर्न उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय श्रोतका अनुसार सो नियम कोरोना संक्रमण निश्तेज नहुञ्जेलका लागि जारी रहने छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *