सोल

बर्खामास, तातिएका घाम अनि भित्र भित्रै रापिएको शरीर । सोही गर्मीलाई शितलता प्रदान गर्न प्रकृतिले सीत्तल फलको सृजना गरेको छ- काँक्रा ।
बर्खाको समयमा पहाड तराई जता ततै मकैका बोटदेखी लगाईएका थाङ्ग्राभरी काँक्रा प्रसस्तै पाइन्छ । कतिले जानेर त कतिले नजानेरै काँक्राको प्रयोग नियमित गरिरहेका हुन्छौँ । कति फाइदा जनक छ त काँक्रा, आउनुहोस् जानौँ ।
काँक्रा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा मानव शरीरलाई चाहिने पानी र अरु महत्वपूर्ण पोषक तत्व भरपूर मात्रामा पाइन्छ ।
यूएसडीएका अनुसार काँक्रामा पोटासियम, फस्फोरस र भिटामिन सी राम्रो स्रोत हो । यसमा आइरन, सोडियम, राइबोफ्लेविन र भिटामिन बी पनि पाइन्छ ।
यसले शरीरको तौल घटाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ । काँक्रामा ९५ प्रतिशत पानी हुन्छ जसले मेटाबालिज्म बलियो बनाउँछ । यसमा पानीको मात्रा बढी भएकाले तौल बढाउने खालका चीजको प्रयोगबाट बच्न सकिन्छ । काँक्राको बोक्राले हड्डिका लागि फाइदाजनक हुन्छ । यसको बोक्रामा धेरै मात्रमा सिलिका हुन्छ जसले हड्डिलाई बलियो बनाउँछ ।
सास फेर्दा मुखबाट आउने दुर्गन्ध हटाउनका उपयोगी हुन्छ । काँक्रामा रहेको तत्व र्यालको उत्पादन बढाउँछ र दुर्गन्ध फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ ।
रक्सी खाएर भोलीपल्ट विहान हुने टाउको दुखाई हुने समस्याको समाधान हुन सक्छ । काँक्रामा धेरै मात्रामा भिटामिन बी, सुगर, इलेक्ट्रोलाइट्स र पानी हुन्छ जसले रक्सी खाइरहेको बेलामा कमी भएका पोषक तत्वको कमी हुन दिँदैन ।