सोल–
दक्षिण कोरियामा गर्मीको कहर शुरु भएको छ । बिहिवार त्यहाँका केही क्षेत्रहरुमा ३३° सेल्सियस बढीको तापक्रम मापन गरिएको थियो ।
तापक्रम बढे सँगै मौसम विज्ञान विभागले जनतालाई सचेत र सतर्क रहन भनेको छ । दक्षिण कोरियाका थेगु, छङ्दो, गिम्चोन, चिलगोक, सियोङ्जु, गोरयङ तथा ग्योङसाङ लगायतका क्षेत्रमा उच्च तापक्रम मापन गरिएको थियो ।
मौसम विज्ञान विभागका अनुसार यी क्षेत्रहरुमा तापक्रम ३३° सेल्सियस भन्दा बढी रहेको छ । विभागका अनुसार कोरियाका कतिपय क्षेत्रमा मौसम २२° देखि ३५° सेल्सियसका बिच रहने अनुमान गरिएको छ । तापक्रम सामान्य नै भएता पनि सापेक्षित आर्द्रता भने बढी हुन सक्ने पनि विभागले जनाएको छ ।
दक्षिण कोरियामा तापक्रम ३३° सेल्सियस भन्दा माथि गए पश्चात तथा उक्त तापक्रम २ दिन बढी समय सम्म स्थिर अथवा बढ्दो भएमा सतर्क रहन निर्देशन दिने गरिन्छ ।
गर्मी बढे सँगै मानिसहरु समुद्र किनारमा जाने सम्भावना बढेको भन्दै मौसम विभागले कोरोना संक्रमण फैलन सक्ने खतरा समेत औल्याएको छ ।
हाल नागरिकहरु विदेश जान नपाउने कारण स्थानीय क्षेत्रमा नै मनोरञ्जन गर्ने भएका कारण सतर्कता अपनाउन निर्देशन समेत दिएको छ ।हटपाटीबााट