टोकियो –
जापानको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का विरुद्ध भ्याक्सिन प्रयोग गर्ने प्रकृया छिटो पार्ने बारेको योजना तयार पारेको छ ।
यो योजनाले भ्याक्सिनको खोज र विकास दुबैलाई समानान्तर हिसाबले छिटो बनाउने विश्वास लिइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको भ्याक्सिन विकासमा खोजकार्य गरिरहेका संस्थानहरुलाई आर्थि सहयोग समेत गर्ने तयारी गरेको छ । दोस्रो पूरक बजेट पारित भएसंगै त्यस्ता संस्थानहरुलाई सहायता दिन ५० बिलियन येन समेत छुट्टाएको छ ।
निजी संस्थानहरुलाई समेत भ्याक्सिनको विकासका लाग्न प्रेरित गर्न आर्थिक सहायता गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय लागेको छ । भ्याक्सिन विकास तथा उत्पादन हुन केही बर्ष लाग्छ तर यो समयलाई जतिसक्दो छोट्याउन मन्त्रालयले प्रकृयालाई द्रुत बनाएको अधिकारीहरुले बताएका छन् ।
सार्वजनिक रुपमा कोरोना भाइरस विरुद्ध भ्याक्सिनको प्रयोग २०२१ सालको अर्धबर्षसम्म सुरु हुने अपेक्षा मन्त्रालयले लिएको छ ।