मास्क चोरेको आरोपमा ८१ वर्षिय वृद्धा पक्राउ

जापान समाचार

क्योतो

जापानको पश्चिम शहर क्योतोमा मास्क चोरेको आरोपमा ८१ वर्षिय वृद्धा पक्राउ परेकी छिन् ।

प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकारले कोरोना भाइरसको महामारी बीच सब नागरिकलाई कपडाबाट बनाइएको मास्क वितरण गरेको थियो ।

ती महिलाले सरकारले बाँडेको एक थान मास्क चोरेको आशंकामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

क्योतोको किता वडामा बस्ने युको निशिदा नामक ती महिलाले नजिकैको अपार्टमेन्टमा बस्ने ६० वर्षिय एक वृद्धका मेलबक्सबाट जुन २ मा दिउँसो १ः २० बजेतिर मास्क चोरेको बताइएको छ ।

ती महिलाले सो आरोपको आंशिक रुपमा खण्डन गरेको प्रहरीको भनाई छ । अपार्टमेन्टमा कोही छैन भन्ने सोचेर मास्क लिएको ती महिलाको भनाइ छ ।

प्रहरीले ती महिलाको घरबाट ७८ ओटा मास्क भएको ३९ ओटा प्याकेट फेला पारेको छ । महिलाले अरुको घरबाट पनि मास्क चोरेको आशांका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *