नेपालमै कोभिड विरुद्धको औषधिको परीक्षण प्रक्रिया शुरु, डब्लुएचओको चासो

मुख्य समाचार

काठमाडौं

नेपालमै कोरोना भाइरसविरुद्धको औषधिको परीक्षण प्रक्रिया शुरुभएको छ । औषधि तयार पारेको दाबी गर्नुभएका त्रिभुवन विश्वविद्यालय,

वन विज्ञान अध्ययन संस्थानका सह प्राध्यापक डा ललितकुमार दासले बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत औषधिको परीक्षण प्रक्रिया थाल्नुभएको हो ।

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा हिजैदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ भएको हो ।

डा दासले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने र रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पार्नुभएको छ ।

छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उहाँको भनाइ छ । कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको डाक्टर दासले बताउनुभयो ।

यसैबीच, डा दासलार्ई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ ।

उहाँका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ । डा दासले तयार पारेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको डा दासले जानकारी दिनुभयो ।

खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डाक्टर दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर औषधि बनाएको बताउनु भएको छ । नेपाल टेलिभिजनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *