उत्तर र दक्षिण कोरियाको सम्बन्धमा दरार पैदा,उत्तरले दक्षिण कोरियाका सम्पुर्ण सन्चार संयन्त्र सटडाउन गर्यो !

कोरिया समाचार

सोल-

उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्धित सम्पुर्ण सञ्चार सम्पर्क हिजोबाट विच्छेद गर्ने भएको छ ।

उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार दक्षिण कोरियाले आफ्नो देशमा भइरहेका उत्तर कोरिया विरोधी गतिविधिहरुलाई निरुत्साहीत गर्न नसकेको तथा नियन्त्रण गर्न कुनै विषेश प्रयास नगरेको आरोप लगाउदै सम्पुर्ण सम्पर्क बन्द गर्ने जनाएको हो ।

गत शुक्रवार उत्तर कोरियाले दक्षिण कोरियामा प्योङयाङ विरोधि गतिविधि तिव्र रुपमा भइरहेको तथा दक्षिण कोरिया सरकार उक्त मुद्दामा उदासीन भएर बसेको आरोप लगाउदै उसले समयमा नै त्यस किसिमका गतिविधि बन्द नगरिए उत्पन्न परिस्थितिको जिम्मेवारी दक्षिण कोरियाले लिनु पर्ने पनि जनाएको थियो ।

उत्तरले यदि दक्षिण कोरियाको उदासिनता जारी रहेमा सन् २०१८ को सैन्य सम्झौता समेत रद्द गर्ने चेतावनी दिएको थियो ।

हाल दक्षिण कोरियामा आफ्नो देशको नेतृत्वका बारेमा भ्रामक तथा नकारात्मक प्रचार भइरहेको तथा दक्षिण सरकार उक्त मुद्दामा मौन समर्थक भएर बसेको बताउदै उत्तर कोरियाले त्यस्ता गतिविधिलाई निश्तेज बनाइने समेत उल्लेख गरेको छ ।

यदि दक्षिण कोरियाले समयमा नै यस घटनालाई सम्बोधन नगरे उ विरुद्ध कठोर कदम चालिने उत्तर कोरियाले जनाएको छ ।

हाल उत्तर कोरियाले दक्षिणसँग सम्पर्क राख्ने सम्पर्क कार्यालय बन्द गर्ने, दक्षिणसँग हुने सम्पुर्ण सञ्चार सम्पर्क बन्द गर्ने समेत बताएको छ ।

हिजो मध्यान्नबाट सम्पर्क कार्यालय बन्द गर्ने उत्तर कोरियाले बताइसकेको छ । उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले उक्त समाचार पुष्टी गर्दै दक्षिण कोरियासँग सञ्चार मात्र बन्द हैन सञ्चार संयन्त्र नै सट डाउन गर्ने बताएको छ ।

समाचार अनुसार उक्त निर्णय किम जोङ उनकी बहिनी किम यो जोङ तथा वर्कर्स पार्टीका केन्द्रीय समिति उपाध्यक्ष किम योङ चोलले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *