कोरियन मोटर निर्माता कम्पनी हुन्ड्याईले डिलरहरुलाई ४६.२ मिलियन डलर सहगोग गर्ने

कोरिया समाचार

सोल

कोरोना संक्रमणका कारण तहसनहस बनेको अर्थतन्त्र उकास्न विभिन्न देशका सरकारी निकायहरुले विभिन्न राहतका प्याकेजहरु ल्याइरहेका छन् ।

पछिल्लो समयमा नीजी कम्पनिहरुले पनि आफ्नो कम्पनिलाई बचाइ राख्न राहतका प्याकेज ल्याउन थालेका छन् । ह्युण्डाई मोटर कम्पनिले पनि आफ्ना डिलरहरुलाई साहायता गर्ने भएको छ ।

कम्पनिले दक्षिण कोरियामा रहेका आफ्ना डिलरहरुलाई ४६.२ मिलियन अमेरिकी डलर बराबरको साहायता प्रदान गर्ने भएको हो ।

कम्पनिका अनुसार ७६० वटा ह्युण्डाई तथा किया मोटर्सका डिलरहरु तथा ११०० वटा पार्ट्स विक्रेताहरुलाई उक्त रकम सहयोग गर्ने भएको हो ।

विभिन्न शिर्षकमा निकासा गरिएको उक्त सहयोग रकमले डिलर तथा पार्ट्स विक्रेताहरुलाई यो विषम परिस्थितिमा टाठ पल्टिनबाट बचाउन तथा कम्पनिको डिलर तथा पार्ट्स विक्रेताहरु सँगको सम्बन्धलाई कायम राख्न सहयोगी हुने कम्पनीले विश्वास गरेको छ ।

यस अघि पनि कम्पनिले डिलरहरुलाई विषम परिस्थितिमा साथ दिइरहेको बताउदै कोरोना संक्रमण पश्चात कम्पनिको उत्पादन समेत कम भएकाले यस परिस्थितिमा कम्पनिको उत्पादन बृद्धिमा डिलरहरुको भुमिका महत्वपुर्ण रहने समेत स्पस्ट पारेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *