जापानमा ५ हजार कर्मचारीले गुमाए काम

जापान समाचार

टोकियो ।

जापानमा ५ हजार कर्मचारीले गुमाए काम

कोरोना भाइरसको महामारीबीच जापानमा करीब ५ हजार अनियमित कर्मचारीले रोजगारी गुमाएका छन् ।

श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रवारसम्ममा ४ हजार ९४३ जनाले काम गुमाएका हुन् सक्ने बताइएको छ ।

मे २९ सम्म यो संख्या २ हजार ३६६ रहेको थियो ।प्रिफेक्चर श्रम विभाग वा सार्वजनिक कर्मचारी भर्ना गर्ने कार्यालयसँग परामर्श लिने व्यवसायहरुबाट यो तथ्यांक लिइएको हो ।

कोरोना भाइरसको महामारीका कारण फेब्रुअरी यता कार्यबलमा रहेका करीब २० हजार मानिसको करार रद्द भएको वा कामबाट हटाइएको अनुमान गरिएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले फेबु्रअरी देखि तथ्यांक संकलन गर्न थालेको थियो ।

तर फेबु्रअरी देखि मार्च २४ सम्मको तथ्यांकमा रोजगारी हैसियत, अनियमित कामदारको संख्या छुट्टयाइएको छैन । त्यसैले माथि बताइएको भन्दा धेरैले रोजगारी गुमाएको हुन सक्ने बताइएको छ ।

२० हजार ९३३ मा होटल र परम्परागत ‘र्योकान’ होटलहरुमा काम गर्नेको संख्या ४ हजार ३४८ रहेको छ । त्यस्तैगरी, खाद्य र विभरेजमा ३ हजार ४८४, म्यानुफ्याक्चरिङमा २ हजार ८१३ र सडक यातायातमा २ हजार ३७७ रहेको छ ।

प्रवेश प्रतिबन्ध र बासिन्दाहरुलाई घरभित्रै बस्ने गरिएको आग्रहका कारण पयर्टन क्षेत्र सबैभन्दा मारमा परेको छ । आपतकालको घोषणा गरिए यता डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्टको विक्रीमा उल्लेख्य कमी आएको छ । सरकारले मे २५ मा आपतकाल हटाएको भएपनि कयौं व्यवसायहरु अहिले पनि छोटो समय मात्रै खुलिरहेका छन् ।

प्रिफेक्चर अनुसार भने कामदारहरु सबैभन्दा धेरै मारमा पर्ने ठाउँ टोकियो बनेको छ । यहाँ ३ हजार १६४ जनाले रोजगारी गुमाएका छन् । ओसाका र होक्काइदोमा भने काम गुमाउनेको संख्या क्रमशः २ हजार ९९८ र १ हजार १४९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *