कालापानी कहाँ हरायो सरकार ?

मुख्य समाचार

काठमाडौँ : नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेग लाग्दो छ । नेपाल सरकार र उसका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै पनि कालापनी गायब छ ।

भारतले मिचेर आफ्ना सेनाको क्याम्प राखेको कालापानीबारे सरकारको मौनता टिठ लाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो ।

नेपालको सुदूरपश्चिममास्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ। भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारे चासो दिएको छैन ।

यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणिकरण नियन्त्रकको कार्यालयकै वेवसाइटको निशान छापबाट कालापानी गायब भएको देख्‍न सकिन्छ ।

नेपालको भूमि नाप नक्सा गर्दै आएको नापी विभागका पूर्व उपमहानिर्देशक सुरेशमान श्रेष्ठले सामाजिक सञ्जालमा कालीपानी नभएको नक्सा राखेको निशान छाप सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

‘प्रमाणीकरण नियन्त्रकको कार्यालयको वेबसाइटमा प्रयोग भएको नेपालको निशान छाप ! खोइ त कालापानी ?’, उनले प्रश्न गरेका छन्,‘कसैले भनेको थियो, ‘यो जित न देश यो तर जी मख जिगु देश गो ?’ (मन पर्छ मलाई पनि मेरो देश, तर देख्दिनँ खै मेरो देश?)’

अन्नपूर्ण पोस्ट्ले यसअघि नेपालले प्रयोग गर्दै आएका नक्सबाट कालापानी गायब भएको खुलासा गरेको थियो । नेपाली भूभाग कालापानीबारे अन्नपूर्णले निरन्तर समाचार लेखिरहेको छ। तर नेपाल सरकारकै नक्सा, निशान छाप, पाठ्यपुस्तक र प्रकाशन गृहले प्रयोग भएका तस्बिरबाट कालापानी गायब भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *