जापानभर ३० डिग्री माथि उक्लियो तापक्रम

जापान समाचार

टोकियो ।

मंगलबार जापानभर तापक्रम ३० डिग्री सेल्सियस भन्दा माथि पुगेका छ । मौसम विभागले बताए अनुसार ३०० भन्दा धेरै स्थानमा तापक्रम यो स्तर माथि पुगेको हो ।

जापानभर रहेको ९२१ ओटा वेदर स्टेशनमध्ये ३१५ मा ३० डिग्री माथि तापक्रम देखिएको छ । यो यस वर्षको अहिलेसम्मकै अवधिकै धेरै हो । पाँच ओटा स्टेशनमा भने तापक्रम ३५ डिग्री सेल्सियस माथि पुगेको एजेन्सीको भनाइ छ ।

टोकियोमा तापक्रम ३१ डिग्री सेल्सियस पुगेको मौसम विभागले बताएको छ । यो यस वर्षकै सबैभन्दा धेरै हो ।

दक्षिण पश्चिम जापानको फुकुओका प्रिफेक्चरको दाजाइफु शहरमा भने तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । पश्चिम जापानको सिमाने प्रिफेक्चरको तीन शहरहरुमा भने तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस पुगेको बताइएको छ ।

पश्चिम जापानको तोत्तोरी प्रिफेक्चरको योनागो र तोचिगी प्रिफेक्चरको सानो शहरमा पनि तापमान ३५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

यस वर्षको सबैभन्दा धेरै तपाक्रम सोमबार फुकुओकाको कुरुमे शहरमा देखियो । सो दिन त्यहाँ तापमान ३५ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *