दक्षिण कोरियाले सीमानामा राखिएको सञ्चार संयन्त्र मार्फत उत्तर कोरियालाई सम्पर्क नगर्ने

कोरिया समाचार

सोल

हालैका दिनहरुमा उत्तर कोरिया तथा दक्षिण कोरिया बीच दक्षिण कोरियामा भइरहेका उत्तर कोरिया विरोधि प्रदर्शनहरुलाई लिएर तनाव उत्पन्न भइरहेका छन् ।

पछिल्लो समय उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु’को संघ्या दिदै आफ्नो तर्फबाट दक्षिण सँगको सम्पुर्ण सम्पर्क वन्द गरेको बताएको छ ।

पछिल्ला यी घटनाहरुबारे मौन बसेको दक्षिण कोरियाले पहिलो पल्ट आफ्नो धारणा सार्वजनिक गरेको छ ।

उत्तर कोरियाले धम्की दिए पश्चात दक्षिणले सम्पर्क स्थापित गर्ने प्रयास गरेको तर उत्तरबाट कुनै पनि प्रतिकृया नआएको बताउदै सम्बन्ध सामान्य अवस्थामा नआए सम्म उक्त सम्पर्क केन्द्रको प्रयोग नगर्ने दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका एकिकरण मन्त्रालयका प्रवक्ता यो-साङ की का अनुसार उत्तरले आफ्नो रबैयामा परिवर्तन नगर्दा सम्म उक्त सम्पर्क कार्यालय सञ्चालनमा नल्याइने स्पस्ट पारेका हुन् ।

उत्तर कोरिया आफैले सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने सहमति नगरे सम्म आफूहरु सो बारेमा केही नबोल्ने पनि प्रवक्ता यो-साङ की ले बताएका छन् ।

उक्त सञ्चार कार्यालय दुई देश बिचको समझदारीमा दुबै देशका अधिकारीहरुले आवश्यक सम्पर्क स्थापित गर्न सन् २०१८ मा उक्त सम्पर्क केन्द्र स्थापना गरेका थिए ।

यस बर्षको जनावरी सम्म खुल्ला रहेको उक्त कार्यालय कोरोना संक्रमणको जोखीम पश्चात कर्मचारी विहिन बनेको थियो । उत्तरको एकतर्फी घोषणा पश्चात भने उक्त कार्यालय पुर्ण रुपमा बन्द गरिएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *