कोरियाको गर्मीले सतायो? यसो गर्नुहोस।

कोरिया समाचार

गुरुदत्त न्यौपाने

कोरियामा अहिले गर्मी मौसम चलिरहेको छ । हुन त मौषम स्थानअनुसार फरकफरक हुन्छ तर कोरियाभरिको मौषमलाई औषत रुपमा हेर्ने हो भने गर्मी मौषममा यहाँको तापक्रम लगभग ३५ डिग्री सेल्सियस सम्म पुग्छ ।

तर धेरै आद्रताका कारण ४० डिग्री सेल्सियस जस्तो महशुस हुन्छ । गर्मीकै कारणले मृत्यु भएका घटनाहरु पनि छन् त्यसैले टिभीमा एसी प्रयोग गर्न प्रसस्त मात्रामा पानी पिउन र आराम गर्नका लागि अनुरोध गर्दै संदेश बारम्बार प्रबाह गरिरहेको हुन्छ ।

एसी कतिबेला प्रयोग गर्ने ?

यदि तपाई कोरियाको उत्तरी भेग तथा ग्रामिण क्षेत्रमा हुनुहुन्छ भने यहाँ त्यहाँ दिउसो गर्मी र राती शित्तल हुन्छ त्यसैले रातीमा एसीको प्रयोग गर्नुपर्दैन । तर तपाई सउल,थेगु,बुसान जस्ता ब्यस्त सहरमा बस्नुहुन्छ भने एसीको प्रयोग अनिवार्य हुन्छ । पिचमा भएको अलकत्रले गर्दा ताप कायमै रहन्छ र गर्मीको अनुभव भैरहन्छ । यस्तो अवस्थामा एसी चलाउनुभएन भने धेरै गर्मी हुन्छ ।

गर्मिभरि नै एसी चलाउन आवश्यक छ त ?

अवश्य छैन । यदि तपाईले कोरियाको मौषम अनुमान हेर्नुभयो भने तापक्रमको विवरण मात्र नभएर तापको झट्का (हिटस्ट्रक) को बारेमा सूचनाहरु प्राप्त गर्न सक्नुहुन्छ ।

तापक्रम अनुरुप एसीको प्रयोग गर्न जानिएन भने विरामी पर्न सकिन्छ ।मौषम सम्बन्धी सूचनाहरु कोठामा बस्दा मात्र नभई बाहिर निस्कँदा पनि काम लाग्छन् घर बाहिर हिड्दा साथमा बोतलमा पानी (नुन सहितको उत्तम) बोकेर हिड्ने बानी गर्नुहोस् ।

याद राख्नु पर्ने जरुरी कुराहरु

१. सुत्दा बरफयुक्त सिरानीको प्रयोग गर्नुहोस। आइस पिलो तपाई अनलाईन शपमै पनि किन्न सक्नुहुन्छ ।
२. प्रसस्त मात्रामा पानी पिउनुहोस् । भेण्डिङ मेसिनहरुमा पाइने हाइड्रेसन सोलुसन ड्रिन्कहरु पनि पिउने गर्नुहोस् ।
३. बिहान र बेलुका कोठाका झ्याल खुल्ला राख्नुहोस् ।
४. सुतिरहेको समयमा एसी खुल्ला राखेरै सुत्ने नगर्नुहोस् । राख्नैपरे कोठाको तापक्रम सिमित पुगेपछि स्वतः बन्द हुने र घटेपछि स्वतः चालू हुने मोडमा राख्नुहोस् ।
शरिरलाई ठण्डा कसरी राख्ने ?
माथि उल्लेखित बाहेक पनि शरिरलाई शितलता दिने थप केही तरिकाहरु छन् । विशेषगरि कोठा बाहिर निस्कँदा निम्न कुरा प्रयोग गर्न सक्नुहुन्छ ।

१. पोर्टेबल पंखा (Portable Fan)

यसले तपाइलाई हर बखत चिसो हावा प्रदान गरिरहन्छ ।यो हल्का र सानो भएकोले घांटीमा बोक्न पनि मिल्दछ । किन्नका लागि मिस्ट फ्यान ( Mist Fan)  भनेर अनलाइन सपिङ साइटहरुमा खोज्नुभयो भने पनि भेटिन्छ । यसको पंखामा सानो पानीको ट्यांक जडान गरिएकोले गर्दा चिसो हावा महसुश गर्न सकिन्छ र आनन्द आउँछ ।

२. आइस प्याकेट (Ice Packet)

यो हेर्दा सामान्य जेल जतो देखिन्छ तर यसको उपयोगले तपाईलाई ठण्डा राख्छ । यस्ता बरफका प्याकेटहरु मार्ट तथा फ्यनउईजममा पाईन्छ । सानो भएकोले गर्दा बाहिर जाँदा यसको प्रयोग त्यति धेरै असरदायक नहुनसक्छ ।

३. चिसो तौलिया (Cool Towel)

यो हेर्दामा सामान्य तौलिया वा स्कार्फ जस्तै देखिन्छ र यसलाई पटक पटक पानीमा भिजाई प्रयोग गरेमा घन्टौ चिसो राख्न काम गर्छ ।मानिसहरुको घाटीमा धेरै रक्त कोशीका हुनेभएकाले घाँटीलाई चिसो राख्न जरुरि हुन्छ ।

४. युनिक्लो को AIRism (Uniqlo’s AIRism)

जाडोका लागि HeatTech भन्ने पातलो कपडा जुन युनिक्लो मा किन्न पाइन्छ शरिरलाई तातो राख्न त्यो निकै प्रभावकारी हुन्छ । त्यस्तै युनिक्लोमै पाइने AIRism नामक भेष्टले गर्मी समयमा तपाईको शरिरलाई ठण्डा बनाउन मद्दत गर्छ ।

५. कुल वाइप्स (Cool Wipes)

हात र अनुहारलाई चिसो बनाउनका लागि कुल वाइप्सहरुको प्रयोग गर्न पनि सकिन्छ । यो एक प्रकारको टिस्यु हो र यो मार्ट तथा फ्यनउईजम मा किन्न पाइन्छ ।

६. हाते पंखा ( Hand Fan)

कोरियामा विभिन्न किसिमका हाते पंखाहरु पाइन्छन् । तिनको प्रयोगले पनि शरिरलाई शितल राख्न सकिन्छ । हातेपंखाहरु अनलाईन शप तथा मार्ट लगाएत बजारमा जताततै किन्न पाइन्छ ।

हाम्रो भन्नु

गर्मी मौषममा स्वास्थ्य र खानपानको विषयमा ध्यान नदिंदा विभिन्न किसिमका रोगहरुले समात्न सक्छ । गर्मीमा पसिना धेरै आउने हुँदा दिनदिनै नुहाउनु उपयुक्त हुन्छ । पानी प्रशस्त पिउने गर्नुपर्दछ । कोरियाको व्यस्त समयका बाबजुद पनि केही समय निकालेर स्वस्थ र खानपानमा ध्यान दिनुहोला है । परदेश हो, यहाँ आफ्ना लागि आफैले गर्नुपर्छ ।यो जानकारी उपयोगी लागेमा सेयर गर्न नविर्सनुहोला ।

Leave a Reply

Your email address will not be published.