गुरुदत्त न्यौपाने / सउल
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागी बनाईएको क्वारेन्टाईन नियम उल्लङ्घन गर्ने १७ विदेशी नागरिककलाई दक्षिण कोरिया सरकारले स्वदेश फिर्ता गरेको छ।
त्यसैगरी क्वारेन्टाईनमा बस्न मन्जुर नभएको कारण ८ जना विदेशीलाई एयरपोर्ट बाटै फिर्ता गरेको दक्षिण कोरिया सरकारले शुक्रबार जारी गरेको सुचना मार्फत जानाकारी गराएको छ।
कोरोना भाईरस सुरु भएयता शुक्रबार सम्ममा ६३ जना विदेशी नागरिकलाई क्वारेन्टाईन नियम उल्लङ्घन गरेको,क्वारेन्टाईन बस्न अस्विकार गरेको साथै तोकिएको क्वारेन्टाईन स्थल भन्दा अन्यत्र बसोबास गरेको आरोपमा स्वदेश फिर्ता गरेको छ।
कोरिया सरकारले फेब्रुअरी १९ बाट शुरु गरेको क्वारेन्टाईन नियम नमान्ने कोरियन नागरिक तथा विदेशी सहित जम्मा ५३१ जना पुगेका छन।अहिलेसम्म ३,२४,१६० जना क्वारेन्टाईनमा रहेको मा जम्मा क्वारेन्टाईनमा बसेको मध्यबाट ०.१६ प्रतिशतलाई कोरोनाभाईरस सङ्क्रमण भएको आशङ्कामा सेल्फ आईसोलेसनमा राखिएको कोरिया सरकारले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।
क्वारेन्टाईन नियम नमान्ने ५३१ जना मध्य ११६ जनालाई ईलेक्ट्रिक रिस्टब्यान्ड मार्फत ट्रयाक गरि नियन्त्रणमा लिईएको थियो।ईलेक्ट्रिक ब्यान्ड बिशेषगरी क्वारेन्टाईनमा बसेका व्यक्तीको कृयाकलाप नियन्त्रण तथा अनुसन्धान गर्नको लागी बनाईएको विधुतिय उपकरण हो।
थप ४०० जना माथी क्वारेन्टाईन नियम उल्लङ्घन गरेको आरोपमा पुलिसले थप अनुसन्धान गरेको छ।जसमध्य ६ जनालाई गम्भिर उल्लङ्घन गरेको आरोपमा पुलिसले नियन्त्रणमा लिएको छ।