अस्थायीरुपमा नेपाल फर्केका ई पि एस कामदारहरुले सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र अनिवार्य लिन पर्ने सम्बन्धी सूचना

कोरिया समाचार

सोल

१. सन् २०२० अप्रिल १ तारिख ० बजे कोरियन समय देखि कोरिया प्रवेश गर्ने सम्पूर्ण यात्रुहरु कोरोना १ ९ संकमण रोकथामको निमित्त क्वारेन्टिन ऐन , आदिमा आधारित नियमानुसार कोरिया प्रवेश गरेको भोलि पल्टदेखी १४ दिनसम्म क्वारेन्टिन बस्न पर्ने व्यक्तिहरुमा पर्दछन् ।

कोरियाको बस्ने ठाउँमा होटल , गोसिवन , साउना , साथीको घर , NGO वा विदेशीहरुलाई लक्षित गरि चलाएको सेल्टर , आदि मान्य हुने छैन । क्वारेन्टिन बस्ने ठाउँ अलगै भएको आफ्नो घर , कम्पनीको होस्टल ( रोजगारदाता राजी भएमा ) , आदि मात्र मान्य हुनेछ । एउटै ट्वाइलेट र खाना खाने ठाउँ प्रयोग गर्न मिल्ने छैन ।

कोरियामा क्वारेन्टिन बस्ने स्थान नभएमा विदेशी यात्रुहरु लक्षित क्वारेन्टिनमा कडाईको नियम रद्द नहुन्जेलसम्म कोरिया प्रवेश गर्ने दिन सार्नु पर्ने छ ।

२. रोजगार अनुमति प्रणाली अन्तरगतका विदेशी कामदार ( E – 9 ) हरुले कोरिया जाने बोर्डिङ पास लिनको लागि ” सेल्फक्वारेन्टिन कन्फर्मेशन पत्र ” बुझाउनु पर्ने छ । सो ” सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र ” नबुझाएमा वा १४ दिन सेल्फ क्वारेन्टिनको लागि मन्जुर नभएमा कोरिया प्रवेश रोक लाग्न सक्छ ।

३. रोजगार अनुमति प्रणाली नेपाल सरकार र दक्षिण कोरियाली सरकारले संयुक्तरुपमा सञ्चालन गरेको प्रणाली भएकोले ” सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र ” जारी गर्नको निमित्त तल दिए अनुसारको प्रकृया पुरा गर्नुपर्छ ।

पहिलो चरण : कामदारले कोरियामा सेल्फक्वारेन्टिन बस्न मिल्ने स्थानको बन्दोबस्त गर्ने , बिदामा आएका कामदारहरुले रोजगारदातासँग सम्पर्क गरि सेल्फक्वारेन्टिन स्थल र १४ दिने सेल्फक्वारेन्टिन विषयमा मन्जुर गराउने ( रोजगारदाता मन्जुर नभएमा सेल्फक्वारेन्टिन पत्र जारी गरिने छैन ।

दोस्रो चरण : नेपाल सरकारले गरेको निर्णय ( http://epsnepal.gov.np/news/2020. 04. 29 ) बमोजिम स्वास्थ्य परिक्षण गर्ने ।

तेस्रो चरण : स्वास्थ्य परिक्षणको रिपोर्ट ( अङ्ग्रेजीमा ) सँगै सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्रको निवेदन ( कोरियनमा वा अङ्ग्रेजीमा ) नेपाल सरकार ( ई पि एस कोरिया शाखा ) लाई बुझाउने ।

चौथो चरण : निवेदन दिएका कामदारहरुको नामावली नेपाल सरकारले उडानको दिनभन्दा कम्तीमा ७ दिन अगाडि नेपाल ई पि एस सेन्टर , एच आर डि कोरियालाई आधिकारिक पत्रमार्फत उपलब्ध गराउने ।

पाँचौ चरण : नेपाल ई पि एस सेन्टर , एच आर डि कोरियाले सेल्फ क्वारेन्टिन स्थल योग्य छ छैन भनि जाचँ गर्नका साथै रोजगारदाता मन्जुर भए नभएको पक्का गर्ने ।

छैठौं चरण : नेपाल ई पि एस सेन्टर , एच आर डि कोरियाले सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र जारी हुने नहुने दुवै खाले कामदारहरुको नामावली नेपाल ई पि एस सेन्टरको वेब साइटमा (http://www.epsnepal.org/ )प्रकाशन गर्ने छ । ( उडानभन्दा ३ दिन अगाडि

सातौं चरण : सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र वितरण गर्ने दिन , समय र स्थानको बारेमा पछि होम पेजमा राखिने । ( उदाहरणः उडान अघिल्लो दिन नेपाल ई पि एस सेन्टरको कार्यालयमा वा उडानको दिन विमानस्थलको प्रस्थान क्षेत्रमा )

४. रोजगारदाताको मन्जुरी र सेल्फ क्वारेन्टिन स्थल चेक गर्नु पर्ने भएकोले निवेदन पत्र ढिलो बुझाएमा वा गलत / असत्य विवरण भरेमा ” सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र ” जारी नहुन सक्ने छ । सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र जारी नभएका व्यक्तिहरु कोरिया प्रवेश गर्न पाउने छैनन् ।

कोरिया प्रवेश मिति , समय , प्रयोग गर्ने फ्लाइटको नाम परिवर्तन भएमा कामदारले अनिवार्यरुपमा उडानभन्दा २ दिन अघि भित्र नेपाल ई पि एस सेन्टरमा जानकारी दिएर विवरण सच्याउनु पर्ने छ ।

५. सेल्फ क्वारेन्टिन नियम उल्लंघन गरेमा १ वर्ष कैद वा १ करोड वन जरिवाना , कोरियाबाट निष्काशण , भिसा रद्द , सधैको लागि कोरिया प्रवेश निषेध , आदि दण्ड सजाय हुन सक्ने छ ।

६. जानकारी – नेपाल सरकार ( ई पि एस कोरिया शाखा , ग्वार्को ) फोन नं : ०१-५१८६३४९ , ०१-५१८६३५०

HRD Korea ( नेपाल ई पि एस सेन्टर , ग्वार्को ) कार्यालय समय : सोमबार ~ शुक्रबार , ० ९ : ०० ~ १७ : ०० ( लकडाउन अवधि भरि कार्यालय आउन निषेध > फोन नं : ०१-५५२०४४५ २०२०. ०५. ०८ नेपाल ई पि एस सेन्टर प्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *