स्याङ्गजा जिल्ला गल्याङ्ग मा एक हप्ता घर बाहिर निस्कन प्रतिवन्ध !

मुख्य समाचार

वालिङ

पछिल्लो समय स्याङ्जामा कोरोना सक्रमितको संख्या बढीरहेको अवस्थामा गल्याङमा सरसफाई गर्ने दम्पत्तीलाई समेत कोरोना सक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ती जारी गर्दै स्याङ्जामा एकैदिन २२ जना सक्रमित भेटिएका हुन् । तिमध्ये गल्याङमा १८ जना थपिएका हुन् । थपिएको १८ जना मध्ये क्वारेन्टाईन सफा गर्ने दम्पत्ती रहेका हुन् ।

गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाईन सरसफाई गर्ने दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । श्रीमान् श्रीमती नै सरसफाई गर्दै आएकोमा दुवैमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले प्रदेशले निकालेको सुचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउदा प्रष्ट भएको जानकारी दिनुभयो । गल्याङ ३ का दम्पत्ती बैसाख १२ गतेबाट क्वारेन्टाईन सफाईको काम गर्दै आएका थिए । दम्पत्तीको परिवारमा ५ जना रहेको बताईएको छ । छोराबुहारी र एउटा बच्चा समेत रहेको र छोराले भरियाको काम गर्दै आएका छन् ।

भरियाको रुपमा काम गर्ने छोराले कहाँ कहाँ काम गरेको उनीहरुको पहिचान गर्ने, क्वारेन्टाईनका भान्छे, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र पत्रकारहरु बसैको कोरोना परिक्षण गर्ने तयारीमा नगरपालिका रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयको टोली कन्ट्रयाक्ट टे«सिङका लागी गल्याङमा पुगेको छ । नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै नगरबासीलाई उच्च सर्तक रहन आग्रह गरेको छ ।

अत्यावश्यक बाहेक घरबाहिर ननिसक्न आग्रह गर्दै नगरपालिकाले स्वास्थ्य बाहेक नगरपालिकाको सबै काम बन्द गर्ने जनाएको छ । त्यस्तै अत्यावश्यक काम बाहेक अन्य पसल एक हप्ता बन्द गरी सावधानी अपनाउन नगरबासीलाई आग्रह गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।

नगरप्रमुख भुपराज अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा थपिएको सक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ । शुक्रबार पुष्टी भएका सक्रमितहरुको स्वाब जेष्ठ २१ गते संकलन गरिएको थियो ।

सरसफाई दम्पत्तीको सम्पर्कमा आएकाहरुको खोजी गर्ने उनीहरुको स्वाब लिने र उनीहरुको परिक्षण छिटो गरी रिर्पोट निकाल्नका लागी प्रदेशको स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरिने प्रमुख अधिकारीले बताउनुभयो । सक्रमितहरुलाई कालिका सामुदायिक अस्पतालको आईशोलेसनमा लगिएको छ । शुक्रबार एकैदिन स्याङ्जामा २२ जना संक्रमित थपिएका हुन् । गल्याङ बाहेक वालिङमा दुई र अर्जुन चौपारीमा दुई जनामा संक्रमण देखिएको हो ।

अर्जुनचौपारीको तिन बर्षका बालक र ४१ ब्र्षिय पुरुष रहेका छन् भने वालिङका ३३ र ३५ बर्षका पुरुषमा संक्रमयण देखिएको छ । संक्रमित मध्ये २० जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका थिए । वालिङका संक्रमित जेठ १७ र १९ जना, अर्जुन चौपारीका जेठ ११ र १३ तथा गल्याङ्का संक्रमित १३, १४ र १६ गते समुह आएको हुन् ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ भने तिन जना निको भएर घर फर्केका छन् । संक्रमित एक जनाको उपचारको क्रममा निधन भएको हो । जिल्लामा अहिलेसम्म भारतबाट आएकामा मात्रै कोरोना सक्रमण देखिएको थियो भने पहिलो पटक यहाँका दुईजनालाई कोरोना देखिएको हो ।

यसैबीच नवलपुर (बर्दघाट सुस्ता पूर्व) का ४ जनामा कोरोना संक्रम पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएका चारैजना रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *