कोरियाको राजधानी सउल विश्वका महङ्गो शहर को सुचीमा ११ औँ स्थानमा !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सउल

संयुक्त राज्य अमेरिकाको मानव संसाधन परामर्श फर्म ‘मर्सर’ ले गरेको सर्वेक्षण अनुसार दक्षिण कोरियाको राजधानी सउल विश्वका महङ्गो शहर को सुचीमा ११ औँ स्थानमा आफ्नो नाम लेखाएको छ।

मर्सर ले गत मार्च महिनामा विश्वका २०९ सहर हरुमा सर्वेक्षण गरेर नतिजा निकालेको थियो।

सर्वेक्षण रिपोर्टका अनुसार हँङ्कङ शहर विश्वकै सबैभन्दा महङ्गो सहर बनेको छ भने हङ्कङलाई पछ्याउदै क्रमश तुर्किमिनिस्थान को राजधानी अस्गाबात ,जापानको टोकियो,स्विजरल्यान्डको जुरिच र सिङ्गापुरको सिङ्गापुर शहर दोस्रो ,तेस्रो र चौँथो स्थानमा रहेका छन।

आवास,खाध पदार्थको मुल्य,घरायसी सामान,मनोरन्जनका सामाग्री लगायत करिब २०० बस्तुहरुको मुल्य तथा सेवा हरुको तुलनामा आधारित रहेर हरेक बर्ष मर्सरले सर्वेक्षण गरेर विश्वका महङ्गो सहरहरुको सुची सार्वजनिक गर्छ।

त्यसैगरी विश्वका कम खर्चिलो सहरमा क्रमश ट्युनिस २०९ औँ,विन्डहोक २०८औँ,विश्केक २०७ औँ स्थानमा रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *