दक्षिण कोरियाका लागी नयाँ हवाई भाडादर कायम

कोरिया समाचार

सउल

नेपाल सरकारले दक्षिण कोरिया लगायत २७ स्थानका लागि चार्टर्ड उडानको लागि अधिकतम भाडादर कायम गरेको छ ।

कोरियाका लागि हवाईभाडादर ८७५ यूएस डलर अर्थात एकलाख ६ हजार २ सय २५ रुपैया (१ डलर बराबर १२१.४) कायम गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो।

तर सरकारले भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भइरहेको थियो। विदेशमा बेखर्ची भएका नागरिकलाई अत्यधिक भाडाको बोझ बोकाउन लागिएको भन्दै सर्वत्र आलोचना भएको थियो।

यही आलोचनाका बीच ओमनस्थित नेपाली दुतावासले सरकारले तोकेको भाडा खारेज गरिदिएर सस्तो भाडा निर्धारण गरेको थियो। नेपाली नियोगले नै भाडा खारेज गरिदिएपछि भाडा हेरफेरका लागि सरकारमाथि दबाब परेको थियो।

विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरू बाहुल्य भएको गन्तव्यमा सरकारले भाडा घटाएको छ।

हेल्लो नेपाल कोरिया डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *