कोरियामा बेरोजगारी सङ्ख्या ह्वात्तै बढ्यो , कायम गर्यो नयाँ रेकर्ड !

कोरिया समाचार

सोल

कोरोना संक्रमणका कारण ध्वस्त बनेको श्रम बजारले गति लिन नसक्दा दक्षिण कोरियामा रोजगार गुमाउने मानिसहरुको संख्याले नयाँ रेकर्ड कायम गर्कको छ ।

अधिकांश श्रम क्षेत्र बन्द हुनु , खुल्ला भएका श्रम क्षेत्रहरु पुर्ण क्षमतामा चल्न नसक्नु तथा मानिसहरुमा त्रास कायमै रहनु यसका प्रमुख जिम्मेवार पक्ष रहेका छन् ।

सरकारी तथ्याङ्कका अनुसार मे महिनामा तीन महिना भन्दा कम समयका लागि जागिर खोज्ने मानिसहरुको संख्या ७ लाख ३५ हजार पुगेको छ । सरकारी अधिकारीका अनुसार सो संख्या गत वर्षको सोहि समयको भन्दा धेरै माथि हो । ।

गत बर्ष सोही समयमा १,०७,000 जनाले जागिर खोजेका थिए । दक्षिण कोरियाली सरकारले कोरोना संक्रमण सुरु भए पश्चात सामाजिक दुरीलाई कडाई गर्दै आर्थिक गतिविधिलाई समेत खुम्च्याएको थियो -।

यस बाहेक कोरियाका उद्योगहरु चीनमा आश्रीत भएको तथा चिनबाट सामाग्री आयात निर्यात गर्ने वातावरण नबन्दा दक्षिण कोरियाको रोजगार क्षेत्र तहसनहस भएको हो ।

सरकारले निश्चित साबधानी अपनाएर सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न ( भनेता पनि मानिसमा ब्याप्त मानसिक त्रास तथा भयका कारण उनीहरु कार्यक्षेत्र जान नमान्ने तथा कैयौँ कम्पनिहरु टाठ पल्टिएका कारण पनि जापानको रोजगार बजारमा यति ठूलो संकट आएको विज्ञहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *