कोरियाबाट २१ तारिखको उद्वार उडान अझै अनिश्चित , दुतावस भन्छ हामी प्रयासरत छौ

कोरिया गतिबिधी

किशन गौतम

दक्षिण कोरिया स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत रामसिंह थापाले कोरियामा भिसा अबधि सकिएका नेपालीलाई स्वदेश फर्काउन आफ्नो तर्फदेखी तयारि भैसकेको बताएका छन् l
हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा उनले कोरियाबाट तत्काल फर्किनु पर्ने नेपालीहरुको नाम सहित सम्पूर्ण विवरण तयार गरि नेपाल सरकारलाई पठाइसकेको बताए l

“दुतावास लाइ दिइएको जिम्मेवारी हामि पुरा गरिसकेका छौ तर अब नेपाल एअरलाइन्सले कोरियामा अनुमति पाउछ वा पाउदैन त्यसैको कुराइमा छौ ” उनले भने l
आगामी २१ तारिखको उडान निश्चित छ त भनि सोधिएको एक प्रश्नमा उनले अहिले निश्चित छ नै भन्न सकिने अबस्था नरहेको बताए l

हाललाई नेपाल सरकारले नेपाल एअरलाइन्स बाहेक अरु कुनै उडानलाइ अनुमति दिएको छैन l यदि नेपाल एअरलाइन्सले कोरियामा अनुमति पाएन भने २१ तारिखको उडान पनि सम्भावना नरहन सक्छ l उनले थपे l

हामीपनि नेपाल एअरलाइन्सको कोरियामा ल्याण्डडिंग अनुमतिको कुराइमा छौ l त्यसैले पहिलो उडानमा पर्नुहुनेको नाम सुची समेत सार्बजनिक गरेका छैनौ l यदि नेपालवाट उडान निश्चित भएको जानकारी आएमा यहाबाट गर्नुपर्ने प्रक्रियाको तयारीमा छौं l

यसवारे नेपाल बायुसेवा निगममा सम्पर्क गर्दा कोरियमा अनुमति लिने प्रयासरत रहेको एक कर्मचारीले बताए l अब १/२ दीनमा अनुमति पाए २१ तारिख नै उडान हुन्छ यदि पाएन भने केहि समय पर पनि जान पनि सक्छ उनले भने l

यसभन्दा पहिला पनि एनआरएन दक्षिण कोरियाले उद्वार उडानको प्रयास गरेको थियो तर नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्व भएको थियो lHellonepalkorea.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *