नेपाली सहित २३६ यात्रु बोकेर उड्यो कोरियन एयर

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सउल

कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।

लकडाउनका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३६ यात्रु बोकेर जहाज सिओल उडेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान १० वजे कोरियन एयरको एयरबस KE9696 चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको लिङ्क एशिया ट्राभलका सन्चालक नेत्र पौडेलले जनाकारी दिनुभयो।

लामो समयदेखी लकडाउनका कारण विदामा नेपाल गएर रोकिएका नेपालीहरु कोरियन सरकारले आफ्ना नागरिक ल्याउन गरेको चार्टर्ड जहाजमा कोरिया फिर्ता भएका हुन।

उक्त उडानमा १९६ जना नेपाली कोरिया आउदै छन।

कोरियामा अवतरण गरेपश्चात उनिहरु १४ दिन अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने नियम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *