दक्षिण कोरिया संग उत्तर कोरिया रुस्ट , उत्तर द्वार सिमामा ठुलो सङ्ख्यामा सैनिक तैनाथ !

कोरिया समाचार

सोल –

दक्षिण कोरियामा भईरहेका उत्तर कोरिया विरोधी आन्दोलनलाई बन्द गर्न नसकेपछि दुई कोरिया बीचको विवाद उत्कर्षमा पुगेको छ ।

पछिल्ला दिनहरुमा उत्तर कोरियाले दक्षिण कोरियालाई धम्कीपूर्ण वक्तव्य समेत दिने गरेको छ ।

हाल विकसित घटनाक्रमलाई लिएर उत्तर कोरियाले ठूलो संख्यामा सैन्य टोलि सैन्य निशेधित क्षेत्र तर्फ अघि समेत बढाएको छ ।

उत्तर कोरियाली जनसेनाका एक अधिकारीका अनुसार हाल दक्षिण कोरियाको गतिविधिलाई मुल्याङ्कन गर्दै उत्तर कोरियाली सैनिकहरुलाई उत्तर दक्षिण सैन्य सम्झौता भएको क्षेत्र अर्थात डिमिलिटराईज जोन तर्फ अगाडी बढाइएको छ ।

उनले अघि भनेका छन् – ‘ आदेश पाउना साथ जस्तो सुकै सैन्य कारवाही गर्न सक्षम उत्तर कोरियाली सैनिकहरु उच्च सावधानीका साथ उक्त क्षेत्र तर्फ अघि बढीरहेका छन् ।

‘ जुन महिनाको सुरुबाटै उत्तर कोरियाले दक्षिण कोरियामा प्योङयाङ विरोधि गतिविधि तिव्र रुपमा भइरहेको तथा दक्षिण कोरिया सरकार उक्त मुद्दामा उदासीन भएर बसेको आरोप लगाउदै उसले समयमा नै त्यस किसिमका गतिविधि बन्द नगरिए उत्पन्न परिस्थितिको जिम्मेवारी दक्षिण कोरियाले लिनुपर्ने पनि जनाएको थियो ।

उत्तरले यदि दक्षिण कोरियाको उदासिनता जारी रहेमा सन् २०१८ को सैन्य सम्झौता समेत रद्द गर्ने चेतावनी दिएको थियो । दक्षिण कोरियामा आफ्नो देशको नेतृत्वका बारेमा भ्रामक तथा नकारात्मक प्रचार भइरहेको तथा दक्षिण सरकार उक्त मुद्दामा मौन समर्थक भएर बसेको बताउदै उत्तर कोरियाले त्यस्ता गतिविधिलाई निश्तेज बनाइने समेत उल्लेख गरेको छ ।

यदि दक्षिण कोरियाले समयमा नै यस घटनालाई सम्बोधन नगरे उ विरुद्ध कठोर कदम चालिने उत्तर कोरियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *