अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने

मुख्य समाचार

सौल दक्षिण कोरिया ।

कोरोना महामारी रोकथामका लागि गृह जिल्ला झापालाई १६०० भिटिएम किट उपलब्ध गराएको प्रवासी झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजको सम्पन्न भर्चुअल बैठकले पिसिआर ल्याबको लागि चाहिने मेशिन किन्न आबश्यक सहयोग गर्ने निर्णय गरेको हो । त्यस कार्यको लागि बरिष्ठ उपाध्यक्ष दिपक खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । मेशिनका लागि ३० लाख नेपाली रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै कोरोना रोकथामको लागि सहारा नेपालको अगुवाइमा संचालन भइरहेको एकका लागि एक अभियानमार्फत् पिसिआर ल्याब स्थापनाका लागि सहयोग गर्ने बैठकमा छलफल भएको थियो । करीव १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पिसिआर ल्याबमा के कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्न अन्तर्राष्ट्रिय झापाली समाजको बैठक बसेको थियो ।

मध्य पूर्व, ओसिनिया, एसिया तथा युरोपका अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिहरुले बैठकमा भाग लिएका थिए । झापा नेपालकै एक प्रमुख नाका भएका कारण सो नाकाबाट नेपाल आउने नेपालीको संख्या उल्लेख्य हुने भएकाले झापामा पिसिआर ल्याबको आवश्यकता टड्कारो रुपमा देखिएको आबश्यकता महसुस गरिएको थियो । त्यसका लागि एउटा ल्याब स्थापना गर्नसके कोरोना रोकथामको लागि झापामा मात्र नभएर १ नं. प्रदेशमै केही योगदान हुने र नेपालमा कोरोना छिटो फैलनबाट रोक्न सकिने बिश्वास लिइएको थियो ।

कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थासंग सहकार्य गरेर छिटोभन्दा छिटो यो कार्य सम्पन्न गर्न झापाली समाज दक्षिण कोरिया लागिपरेको झापाली समाजको प्रतिनिधिले बताएका छन् ।रहेका सम्पूर्ण दानवीर तथा दयालु नेपालीहरुलाई आर्थिक सहयोग गर्न झापाली समाज द.कोरीया अध्यक्ष नबिन बास्कोटा ज्यु ले अनुरोध गरेका छन् ।

यसक्रममा कोरीया को प्रतिनिघिको रुपमा अन्तर्राष्ट्रीय झापाली समाजको राष्ट्रीय समन्वय समिति मा भाग लिदै कोरियाको महासचिव अजय श्रेष्ठले अन्तर्राष्ट्रिय झापाली समाजको यो महान कार्यमा झापाली समाज द कोरियाले कटिबद्धसाथ सहयोग गर्ने घोषणा यसै मिडिया मार्फत जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *