कोरोना भाइरसको कारणले जापानमा २५० व्यवसायहरु टाट पल्टिए

जापान समाचार

टोकियो

सर्वेक्षणले जापानमा कोरोना भाइरसको कारणले २५० व्यवसायहरु टाट पल्टिएको देखिएको छ । तेइकोकु डाटाबैंकले गरेको सर्वेक्षणबाट यस्तो नतिजा निस्किएको हो ।

तेइकोकु डाटाबैंकले सर्वेक्षणमा कोरोना भाइरसको कारणले टाट पल्टिएको, व्यवसाय बन्द गरेको र टाट पल्टिन लागेका व्यवसायहरु समावेश गरिएको छ ।

२५० व्यवसायहरु मध्ये ४१ वटा होटेल तथा जापानी शैलीको होटेल, ३४ वटा पब र रेस्टुरेन्टहरु र १८ वटा कपडाका स्टोरहरु र अन्य खुद्रा व्यवसायहरु छन् ।

मासिक रुपमा हेर्दा टाट पल्टने व्यवसायहरुको संख्या भने घटिरहेको पाइएको छ । अप्रिल महिनामा १०६ वटा ब्यवसायहरु, मे महिनामा ९३ व्यवसायहरु र यस महिना हालसम्म २८ व्यवसायहरु टाट पल्टिएको देखिएको छ ।

तेइकोकु डाटाबैंकका अनुसार जापान सरकारको निर्ब्याज राहत सहयोगका कारणले टाट पल्टिने व्यवसायहरुको संख्या घटेको छ ।

सर्वेक्षण अनुसार जापानको अर्थव्यवस्था बिस्तारै फेरि खुलिरहेको तर पर्यटन सम्बन्धित व्यवसाय, रेस्टुरेन्ट, पब र पसलहरुलाई भने अझै गाह्रो भइरहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *