कोरियन एयरमा फर्किन पाउने भए कोरियामा अलपत्र २ सय ३० नेपाली

कोरिया समाचार

शिव भुषाल

सिओल- कोरियामा अलपत्र २ सय ३० जना नेपाली आगामी जुन २० मा नेपाल जाँदै गरेको कोरियन एयरमा फर्किन पाउने भएका छन्।

यसअघि कोरियन एयर जुन २० मा नेपाल रित्तै गएर नेपाली कामदार लिएर फर्किने तयारी गरेको थियो।

सोही विषयमा नेपाल लाइभमा समाचार प्रकाशित भएपछि सरकारले कोरियन एयरमा नेपाली कामदार फर्काउन अनुमति दिएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ।
नेपाल लाइभमा जुन १६ र २० मा कोरियन एयर नेपाल रित्तै जाँदै भन्ने समाचार प्रकाशित भएपछि गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले दूतावाससँग समन्वय गर्न आग्रह गरेको थियो।

दूतावासले पनि सक्रियता देखाएपछि जुन २० का लागि २ सय ३० जना नेपाली सोही विमानमा फर्काउन कोरियन एयरसँग सम्झौता गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए।

समाचार जुन १५ मा प्रकाशित भएकाले जुन १६ मा भने कोरियन एयर रित्तै नेपाल गएर नेपाली कामदार लिएर फर्किसकेको छ। संघका अध्यक्ष सुवेदीले समाचार ढिला आउँदा १६ का लागि तयारी नपुगेकाले २० मा जाने विमान रित्तै नजाने निश्चित भएको बताए।

नेपाली दूतावास सिओलका उपनियोग प्रमूख रामसिंह थापाले दूतावासले एनआरएनएलाई ३ सय जना नेपालीको नाम उपलब्ध गराएको र जान इच्छुक २ सय ३० जना जानसक्ने जानकारी दिए।

टिकटका लागि नेपालमा युनिभर्सल ट्राभल र कोरियाका लागि केएमई नामक एजेन्सीसँग सम्झौता भएको सुवेदीले जानकारी दिए।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *