कोरियाबाट नेपाल फिर्ति उडानको टिकट खरिद बारे जरुरी सूचना :

कोरिया समाचार

सोल

नेपाल फिर्ति उडानको टिकट खरिद बारे जरुरी सूचना :

आउदो जून 20 तारिख शनिबार बिहान 05 बजेको लागि निर्धारित चार्टर्ड बिमानको टिकट खरिद गर्नु हुने महानुभावहरूको हवाई टिकट नेपाल बाट नै जारी गर्नु पर्ने भएकाले नेपालको समय आज बिहान 9 बजे पश्चात मात्र टिकट जारी हुने सम्बन्धित सेवा प्रदायकले जानकारी गराएको छ।

साथै सो उडान यात्रुलेअधिकतम २४ किलो सम्म हुने गरि १ थान लगेजमात्र आफनो साथमा लग्न पाउने जानकारी गरिन्छ।

साथै नेपाली राजदूतावास सौलले उपलब्ध गराएको सूचीमा 1 देखी 220 सम्म नाम हुनु भएका महानुभावहरु कोरियन समय आज दिवा 12 बजे सम्म सम्पर्क नआएमा खाली रहने सिट संख्या अनुसार नेपाली राजदूतावास सौलले उपलब्ध गराएको सूचीमा 220 भन्दा पछि नाम हुनुभएका महानुभावलाई उडान अवसर उपलब्ध गराइने नेपाली राजदूतावास सौलले जानकारी गराएको छ। source:Nrna south korea

Leave a Reply

Your email address will not be published. Required fields are marked *