हरिराम भण्डारी/सउल
यसलाई नेपालमा कात्रे काँडो भनिन्छ।पाहाडी जंगलहरुमा बन औसेलुका नामले पनि परिचित छ।ओख्ले सामुदायिक बनमा धेरै पाईन्छ।यो काँडो अरु रुख बिरुवालाई डस्न माहिर छ।
जँगलको जुन बिरुवा सोझो,सर्लक्कै परेको,बासनादार,पुस्तौ देखि अरुलाई हुर्कन बढन सहयोग गरेको,बनको उन्नतिमा योगदान गरेको,चिल्ला पात हालेर बनको शोभा बढाउन लागेका बिरुवालाई कात्रेकाँडाले आक्रमण गरेकोे हुन्छ।झ्याँसमा लुकेको यो काँडोले बन गोडनि बेलामा झन दुख दिन्छ।काटेर मात्र फाल्दा झन बढछ तेसैले उखेल्नु पर्छ।
मान्छे नै मार्दैन तर चिथोर्ने कोपरने कोतर्ने हुनाले चिरिस्स पार्छ।यस्ले चिथरेको घाउ कसरी खाटा बस्छ मलाई अनुभव छ।किल्निकै जान भने पर्दैन।यसका पात बँरलाए ॲाखा आकारको हेर्दा चिम्सो तर ॲाधो सर्प जस्तो आक्रमणकारी हुन्छ।उल्टा काँडा भयको दुईपेटे भयकोले मान्छे झुक्किन्छन।
हर बखत सतर्क रहन जरुरी छ।सानो तियान्दरो भयपनि राम्रो रुखलाई करेली हालेर बढन दिँदैन।घाँस डियाँ डामराले खानि हुनाले उपयोगी हो कि जस्तो लाग्छ तर मुख जिब्रो घाँटी पाछदै आन्द्रा समेत बटार्नी डर हुन्छ।
के यो बेईमानी असत्यरोको केहि काम आउला?कात्रे काँडालाई उपयोग कसरी गर्ने होला भनेर पिर लागेको थियो।कोरियमा देखे पछि ओख्ले बनका कात्रेकाँडाहरु जरैदेखि उखेलेर यसैगरी थोरै भयनि खेति गरुला जस्तो लागेको छ।कात्रे काँडो औसेलु जस्तै होशियारसित टिपेर खान हुनि मीठो फल पनि हुनी रहेछ।
फलामका थाक्राहालेर व्यवसायिक रुपमा यस्तो काॅडाको खेती गरेको देखेर अचम्मै लायो।यो जडिबुटी पनि हो।एक बर्ष लगाएपछि काॅठछाॅट गरेपछि धेरै बर्ष फलिरहने बहुबर्षे बाली रहेछ।कृषक देखिएनन।अरु डिटेल बुझ्दै गरौला।कोरियन नाम र ठाॅउ अनुसार नेपालमा के भन्छन कमेन्टमा लेख्नुहोला।