सोल –
पछिल्ला दिनहरुमा दक्षिण कोरियामा भइरहेका उत्तर विरोधी प्रदर्शनका कारण दुई देशहरु बिचको सम्बन्ध विग्रिएको मात्र छैन , वाक युद्ध समेत सुरु भइसकेको छ ।
वाक युद्धकै कारण दुई देशहरु विचको सम्पर्क बन्द छ भने सिमामा राखिएका सम्पर्क कार्यालयहरु बन्द समेत गरिएका छन् । पछिल्लो पटक उत्तर कोरियाले आफ्नो क्षेत्रको सम्पर्क कार्यालय विस्फोट गरि ध्वस्त समेत बनाईसकेको छ ।
उक्त घटना पश्चात उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले पुनः एक धम्कीपुर्ण समाचार प्रकासित गरेको छ । समाचारमा भनिएको छ- ‘ हालै ध्वस्त पारिएको सम्पर्क कार्यालय एक झलक मात्र हो ।
यदि दक्षिण कोरियाले त्यहाँ भईरहेका प्रदर्शन बन्द गराई सौहार्द्र वातावरण सृजना नगरेमा परिस्थिति सोचे भन्दा भयावह हुने छ , जुन दक्षिण कोरियाको कल्पना बाहिर छ । ‘ उत्तर कोरियाको सत्तारुढ पार्टीको एक विभाग ‘ द रोडोङ सिनमुन ‘ का अनुसार यो मात्र एक सुरुवात हो ।
अगाडी भनिएको छ , दक्षिण कोरियामा उत्तर कोरिया विरुद्ध बोलिएका अनावश्यक शब्दहरु भन्दा उत्तरसँग रहेका विस्फोटक पदार्थहरुको आवाज धेरै शक्तिशाली छन् । विभागले अगाडी भनेको छ , ‘ उत्तर कोरियाली सैनिकहरुको धैर्यताको वाँध फुटिसकेको छ , मात्र उनीहरु आदेशको पर्खाईमा छन् ।
‘ यता वुधवार हवाई नियमन विभागले उत्तर कोरियाली नेता किम जोङ उन चढ्ने विमान प्योङयाङबाट पुर्व तर्फ गएको बताएको छ । उक्त विमान उडे पश्चात विज्ञहरुले या त कुनै प्रोपोगाण्डा निस्किने या त ब्यालेष्टिक मिसाईल परिक्षण हुने आँकलन समेत गरेका छन् ।हटपाटी