उत्तर कोरियाली सैनिकहरु हंसिया,बेल्चा सहित सिमाक्षेत्रमा सक्रिय !

कोरिया समाचार

सोल

उत्तर कोरियाले स – सानो संख्यामा आफ्ना फौजहरु दक्षिण कोरियासँगको सिमा क्षेत्रमा पठाउने गरेको छ ।

सिमा क्षेत्रमा रहेका सडक मर्मत गर्ने तथा उक्त क्षेत्रमा रहेका झाडीहरुको सरसफाई गर्न भन्दै उत्तर कोरियाले फौजलाई दक्षिणको सिमा क्षेत्रमा पठाउने गरेको छ ।

बेल्चा हँसिया बोकेका उत्तर कोरियाली सैनिकहरु सिमाको निषेधित क्षेत्र वरपर सक्रिय भएर सडक मर्मत तथा सरसफाईमा लागिरहेको देख्न सकिने दक्षिण कोरियाले जनाएको छ ।

यो घटना सामान्य भएता पनि पछिल्ला → दिनहरुमा बढ्दै गएको तनावका कारण दक्षिण कोरिया सचेत भने रहनुपर्ने दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।

दक्षिण कोरियामा भइरहेका उत्तर विरोधी गतिविधि तथा पर्चाबाजीका कारणले उत्तर कोरिया रुष्ट भएको तथा सोहीको नतिजा स्वरुप सैन्य निषेधित क्षेत्र नजिकै उसले सकृयता बढाएको हुन सक्ने अनुमान दक्षिण कोरियाली अधिकारीले गरेका छन् ।

उक्त घटना पश्चात उत्तर कोरियाले दक्षिण कोरियाली सिमा क्षेत्रका कुमगाङ तथा काइसोङ क्षेत्रमा सेना खटाउने धम्की समेत दिदै आएको छ ।

बंकरहरु आफ्नो देशको सिमा जोगाउन सैनिक बस्नका लागि नै बनाइएका हुन र त्यस्ता क्षेत्रमा सैन्य उपस्थिति देखिनु सामान्य भएता पनि हाल उत्पन्न परिस्थितिका कारण उत्तर कोरियाली सिमा क्षेत्रमा सजगता भने कायम गर्नु पर्ने दक्षिण कोरियाको धारणा रहेको छ ।

उसले जुन प्रयोजनका लागि सैन्य सकृयता बढाएको भएता पनि दक्षिण कोरिया सतर्क रहनुपर्ने दक्षिणका अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *