बल्ड क्यान्सर पिडित शिखा लाई कोरियाबाट १ लाख ४४ हजार सहयोग

कोरिया समाचार

गुरुदत्त न्यौपाने /दक्षिण कोरिया

पिडित शिखा कोईराला

कलिलो उमेरमै ब्लड क्यान्सर जस्ताे रोगबाट थला परेकी दैलेख जिल्ला नारायण नगरपालिका” ७” घरभै हाल पढाइकाे सिलसिलामा सुर्खेतकाे ईत्राममा बस्नुहुने शिखा काेईराला लाई दक्षिण कोरियाबाट रु . १ लाख ४४ हजार ४०७ सहयोग हस्तान्तरण गरिएको छ।

१८ बर्षकै कलिलाे उम्मेरमा ब्लड क्यान्सर जस्ताे राेग देखा परि तत्काल भरतपुर चितवन क्यान्सर हस्पिटल मा ६ महिना उपचार गरि निकाे भएको र अहिले फेरि ३ बर्ष पछि पुन: राेग बल्झिएपछि २०७६ माघ १ गते देखी हाल सम्म निरन्तर सिभिल हस्पिटल काठमाडौंमा उपचार गराइरहेकी उनलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएको थियो।

बोनम्यारो ट्रान्सप्लान्ट गर्न अत्यधिक खर्च हुने भएपछी आर्थिक अभावका कारण परिवारले उपचार गर्न नसकेपछी उनले सहयोगको आह्वान गरेकी थिईन।

रेमिट्यान्स बाट पठाएको रसिद

पिडित शिखाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै दक्षिण कोरियामा रहनुभएका सहयोगी दाजुभाई तथा दिदी बहिनीहरुले अभियान चलाएर सहयोग उठानुभएको थियो।

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका ६९ सहयोगी हरुबाट उठेको १४,४२,१११ वोन (१ लाख ४४ हजार ४०७ रुपैया) रेमिट्यान्स मार्फत पिडितलाई पठाएको सुर्खेत समाजका कार्यबहाक अध्यक्ष पुस्कर बुढाथोकीले बताउनुभएको छ।

“आर्थिक अवस्थाकै कारण कसैलेपनी ज्यान गुमाउनु नपरोस भनेर मानविय नाताको हिसाबले सहयोग गरेका हौँ,विरामीको शिघ्र स्वास्थ्य लाभको कामना” उहाँले थप्नुभयो।

शिखाको जीवन रक्षाको लागि सहयोग गर्नुहुने सम्पुर्ण कोरिया बासी सहयोगी मनहरुलाई अभियान संयोजक सिता कुमारी शर्माले धन्यबाद दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *