गुरुदत्त न्यौपाने / सउल
दक्षिण कोरियाको चर्चित अनलाईन खुद्रा विक्रेता कम्पनी खुफाङले अबदेखी आफुहरु मार्फत अर्डर गरिएका सबै सामान सेनिटाईज गरेर मात्र ग्राहकलाई हस्तान्तरण गर्ने भएको छ।
खुफाङ ले बुधबार बताएअनुसार अबदेखीका सम्पुर्ण अर्डर प्याकिङ्ग सामाग्रीहरु पहिले गोदाममा सेनिटाईज गर्ने र ग्राहकलाई हस्तान्तरण पुर्व ५ मिनेट अगाडी पनी स्यानिटाईज गर्ने भएको छ।
कोरिया फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन तथा यु एस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन द्वारा मान्यता प्राप्त स्यानिटाईजर द्वारा हरेक अर्डर गरिएका सामाग्रीहरु स्यानिटाईज गरिने खुफाङले बताएको छ।
कोरोना भाईरस महामारीको सम्भावित सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले खुफाङ्ले यस्तो निर्णय गरेको जनाएको छ।
खुफाङका डेलिभरी कर्मचारीले ग्राहकको डेलिभरी गर्नुपर्ने ठेगानामा सामान पुर्याएर सेनिटाईज गरेर त्यसको ५ मिनेटपछी मात्र ग्राहकलाई सन्देश पठाउने प्रकृया सुरुवात गरेको छ।
हालसम्म डेलिभरी बक्सबाट कोरोना सङ्क्रमण प्रसारण नभएतापनी यसको सम्भावित खतरा बाट बच्न यो तरिका अबलम्बन गरिएको खुफाङका अधिकारीले बताएका छन।
“हामी सबै उपाएहरु अपनाउने छौँ जसले ग्राहक र कर्मचारीहरुको सुरक्षा सुनिस्चित गर्न सक्दछन जसले गर्दा ग्राहकले निसङ्कोच सामान अर्डर गर्न सक्नेछन।हामी ग्राहकको सुरक्षालाई प्रत्याभुति दिलाउदै द्रुत गतिमा सामान डेलिभरी गर्न निरन्तर तल्लिन हुनेछौँ।”खुफाङ निर्देसक को साम ले भने ।
कोरोना सङ्क्रमण पश्चात खुफाङले कोरियामा अत्यावश्यकिय सामाग्रीहरु ग्राहकको घरदैलोमा पुर्याईरहेको छ।यसले गत तिन महिना यता २०,००० अस्थायी कर्मचारीहरु जो सरकारको राहत बाट बन्चित छन उनिहरुलाई १० लाख कोरियन प्रतिव्यक्ति राहतस्वरुप दिएको छ।
स्मरण रहोस गत एक महिना अगाडी कोरियाको बुछनमा रहेको खुफाङको गोदाममा सामुहिक सङ्क्रमण फेला परेको थियो।